देशकै नेतृत्व गर्न सक्छाँै ः जयपुरी घर्तीमगर

मानसिंह बिक
कात्तिक २४ गते रोल्पा
जयपुरी घर्तीको नाम रोल्पा जिल्लामा मात्रै होइन कि नेपालको राजनीति इतिहासमा स्थापित नाम हो । घर्तीले जनयुद्धको बेलामा महिला संगठनको नेतृत्व गर्दै शान्ति प्रक्रियामा रोल्पा जिल्लाबाट महिलो मन्त्री बन्नु भएको थियो । उहाँ महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो । उहाँले रोल्पा जिल्ला र मन्त्रालयको जिम्मेवारी पटक पटक गरिरहेको बताउँदै यस पटक देशको नेतृत्व गर्न आफू लगायत महिला नेतृहरु तयार रहेको बताउनु भएको छ ।
उहाँले आफ्नो राजनीति कर्मथलो जिल्ला रोल्पामा निर्वाचनको मैदानबाट आम जनताको माझ यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । प्रतिनिधि सभा सदस्यका समानुपातिक उमेद्वार बन्नु भएका चुनावी अभियानको क्रममा रोल्पा जिल्लाका विभिन्न गाउँ तथा टोलमा पुगेर जागरण एवं जनता सचेतना अभियानमा लाग्नु भएको छ । उहाँले भौतिक पूर्वाधार भन्दापनि जनतालाई अधिकारको रुपमा सुसुचित बनाउनु पर्ने बताउनुभएको छ ।
उहाँले जनयुद्धले नै महिला र महिलाको मुद्धालाई स्थापित गरेको बताउँदै एउटा महिला अग्रणी नेतृत्व गरेको बताउँदै समावेशीको व्यवाािरक कार्यन्वयन पनि तत्कालीन नेकपा (माओवादी) र हालको माओवादीकेन्द्रले गरिरहेको बताउँदै माओवादी केन्द्रलाई विजयी बनाउनको लागि समेत अपिल गर्नुभएको छ ।
जयपुरी घर्तीमगर नेपालको जनयुद्धमा महिला नेतृत्वमा अग्रणी नेता हुनुहुन्छ । उहाँले जनयुद्धमा आफ्नो श्रीमानलाई गुमाउनु भएको छ । हाल पनि जयपुरी घर्ती राजनीति क्षेत्रबाट नै जनताको सेवा गर्नका लागि गरिरहुभएको छ ।

You may also like