जनयुद्धकै कारणले यो अमूल परिवर्तन भएको हो ः शहीदहरु नै यो परिवर्तनको मुख्य श्रेय हुन -वर्षमान पुनमगर अनन्त

मानसिंह बिक
२०७४ फागुन १, रोल्पा
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य वर्षमान पुनमगर ‘अनन्त’ ले जनयुद्धकै जगमा आमूल परिवर्तन सम्भव भएको बताउँदै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व तत्कालिन् नेकपा (माओवादी) पार्टीको आह्वानमा जनयुद्धको शुरुवात नगरेको भए नेपालको परिवर्तन सम्भव नभएको दावी गर्नुभएको छ । जनयुद्धको उपलब्धी नै यो आमूल परिवर्तन भएको बताउँदै यसको प्रमुख श्रेय महान शहीदहरु भएको बताउनुभयो । जनयुद्ध अपराध नभई सत्यताको लडाई भएको बताउँदै सामाजिक न्याय, समावेशी, धर्मनिरपेक्ष, संघीयता, सहभागिता लगायत उपलब्धी भएको बताउनुभयो ।

उहाँले यस्तो कुरा रोल्पाको शहीद परिवर्तन गाउँपालिकाको परिवर्तन नगर वाग्मामा शहीद नेपबहादुर केसी ‘परिवर्तन’को शालिक अनावरण कार्यक्रममा बताउनुभएको हो । प्रभावशाली नेता वर्षमान पुनमगरले भन्नुभयोः–“हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको कुशल नेतृत्वमा जनयुद्ध शुरुवात गरेका थियौँ, जनयुद्धको समयमै हाम्रो शहीद किमबहादुर थापा ‘सुनिल’, तेजमान घर्ती ‘दीर्घ’, नेबहादुर केसी ‘परिवर्तन’, दिलबहादुर रम्तेल लगायत महान शहीदको बलिदान भएको छ, महान शहीदहरुको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु, यो परिवर्तनको लागि शहीदहरु नै पहिलो श्रेय हुन् ।”


२३ आँै जनयुद्ध दिवसको अबसरमा तत्कालीन जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर नेपबहादुर केसी ‘परिवर्तन’ को २०६० साल बैशाख ३१ गते अर्घाखाँचीको शिढधारामा तत्कालीन नेपाली सेनासँंगको मोर्चावन्दी लडाईमा शहीद हुनुभएको थियो । शहीद परिवर्तनको शालिक अनावरण गर्नकालागि रोल्पामा आउनु भएका तत्कालीन डेपुटी कमाण्डर वर्षमान पुनमगर ‘अनन्त’ ले परिवर्तनको व्यक्तिगत एवं सैन्य मोर्चामा निर्वाह गरेको भुमिका विषयमा भावुक बन्दै भन्नुभयोः–“परिवर्तन सानै उमेरमा परिवर्तनको पक्षमा उभिनुभयो, सैन्य मोर्चामा आउनुभयो, मेघावी स्वभावका क. परिवर्तनले कर्णालीका क्षेत्रमा संगठन तथा सैन्य मोर्चामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, दजनौ लडाईमा कमाण गरी कुलतापूर्व सम्पन्न गर्नभयो, आज शहीद हुनुभएको छ हामी उहाँको आदर्शमै अगाडि बढी रहेका छाँैँ, शहीदको सपना साकार पार्नु पर्दछ ।”
माओवादी केन्द्रका युवा तथा वरिष्ठ नेता वर्षमान पुनमगरले माओवादीले वर्गिय, क्षेत्रीय, लिङ्गीय सबै उत्पीडनको अन्त्य गर्नका लागि जनयुद्ध थालनी गरिएको अवगत गराउँदै जनयुद्धमा उठाएको सपना पूरा नभइसकोे बताउँदै सबै माओवादी अभियान्ताहरु एक स्थानबाट मात्रै वाँकी अभिभारा पूरा गर्न सकिने बताउनुभयो ।
पार्टी एकता संयोजक समिति कार्यदलका सदस्य समेत रहन्भएका वर्षमान पुनमगरले नेपाली जनताले वाम पन्थी सरकारकासँगै पार्टी एकता गर्न आदेश दिएका जनादेश अनुसार अब ४÷५ दिनमै पार्टी एकताले पूर्णता पाउने बताउनुभयो । पुनमगरले भन्नुभयोः–“पार्टी एकताको लागि दुइ पार्टीका अध्यक्ष बीचमा भद्र सहमति भइसकेको छ, अब त्यो पार्टी एकता संयोजन समितिबाट अनुमोदन गरेर त्यसलाई पूर्णता दिन्छौँ ।”
रोल्पा जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य वर्षमान पुनमगरले रोल्पा जिल्लाको समृद्धका लागि आफूहरु लागेको बताउँदै जनयुद्धले नै रोल्पाका लागि स्वर्णिम समय बनाएको बताउँदै अब रोल्पा जिल्ला समृद्धको जिल्लामा अगाडि बढिरहेको बताउनुभयो । उहाँले रोल्पा जिल्लाका आम जनताको गरिवीको अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम तथा आयोजनाहरु अगाडि बढाउने शुरुवात गरिएको बताउनुभयो । सुरिक्षत आवास र फुसको छानो मुक्त गर्ने सुरक्षित सांसद कार्यक्रममा अन्तर्गत रोल्पा जिल्लाका सबै फुसको छाना मुक्त गर्ने अभियान अन्तर्गत रोल्पाको घोडागाँउँबाट शुरुवात गरिएको बताउनुभयो ।


यस्तै कार्यक्रममा पूर्व मन्त्री एवं महिला नेतृ जयपुरी घर्तीमगर जनयद्धमा आम नेपाली शोषित पीडित वर्गका लागि आफ्नो श्रीमान लगायत शहीदहरुको बलिदान दिएको बताउँदै शहीदको सपना पूरा गर्नका लागि सबै एकधिक्का भएर लाग्नु पर्ने बताउनुभयो । उहाँले जनयुद्धले महिला, दलित, जनजाती लगायत उत्पीडित वर्ग, क्षेत्र समुदायहरुलाई अधिकार सम्पन्न गरेको बताउनुभो ।
निवर्तमान सभामुख एवं महिला नेतृ ओनसरी घर्तीमगरले जनयुद्धमा त्याग, तपस्या र बलिदानबाट आएको उपलब्धीलाई सबैले रक्षा गरेर अगाडि बढुनपर्ने बताउँनुभयो । उहाँले यो उपलब्धी निकै उच्च बलिदानबाट प्राप्त भएको यसलाई कसैले पनि ख्याल थान्नु हुँदैन ।
यस्तै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य दिपेन्द्र पुनमगर‘सिजल’ ले जनयुद्धमा भएको बलिदान क्रान्तिको उर्जा भएको बताउँदै त्यही उर्जाले हाल आफूहरुलाई क्रान्ति र परिवर्तनको पक्षमा अगाडि बढेको बताउनुभो ।


शहीद परिवर्तनका जीवन संगीनी कलादेवी केसीले आफ्नो श्रीमान व्यक्तिगत स्वार्थका लागि शहीद नभएको भन्दै सम्पूर्ण देश र जनताको मुक्तिको लागि लडेको प्रतिक्रिया दिनुभएको छ । केसीले भन्नुभयोः–“हुन त भौतिक शरिर भएको जस्तो कहाँ हुन्छ तर पनि मेरो श्रीमान व्यक्तिगत र परिवारको लाडि लडनु भएको थिएन शहीद हुनुभएको होइन त्यसैले उहाँले देश र जनताको मुक्तिको लागि शहीद हुनुभएको हो, हामी त्यसैमा चित्त बुझाएका छाँै ।”
२०५२ साल फागुन १ गते जनयुद्ध शुरुवात गर्दा वर्षमान पुनमगर ‘अनन्त’ र प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगर ‘सिजल’ होलेरी आक्रमणमा सहभागि हुनुभएको थियो । कार्यक्रममा परिर्तन गाउँपालिकाका शहीदहरुलाई अभिनन्दन समेत गरिएको थियो । वर्षमान पुनमगर शान्ति मन्त्री हुँदा रोल्पाको सुलिचौरमा डिभिजन कमाण्डर शहीद किमबहादुर थापा ‘सुनिल’, थबाङमा केन्द्रीय सल्लाहकार सदस्य तेजमान घर्तीमगर ‘दिर्घ’ र बागमारामा व्रिगेड कमाण्डर नेपबहादुर केसी ‘परिवर्तन’ को शालिक र पार्क निर्माण गर्ने कार्यक्रम अन्तर्गत बजेट निकासा गरिएको थियो । रोल्पा जिल्लामा द्वन्दको क्रममा ९ सय ६९ जना मृत्यक र ३३ जना बेपत्ता छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, जिल्ला समन्वय समिति सदस्य कर्मलाल परियार, परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, उपाध्यक्ष हितकुमारी बुढा, नेकपा (माओवादी केन्द्र) परिवर्तन गाउँपालिकाका अध्यक्ष सुकबहादुर बुढामगर लगायत वडा अध्यक्षहरु, पत्रकारहरु, शहीद परिवार र जनताहरुको सहभागिता रहेको थियो ।
शहीद परिवर्तन पार्क निर्माण उपभोक्ता निर्माण समितिका उपाध्यक्ष देबबहादुर बुढामगर ‘दिनेशको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममो सञ्चालन जगत बुढामगरले गर्नुभएको थियो भने चन्द्रले स्वागत गर्नुभएको थियो । रोल्पा जिल्लाका विभिन्न स्थानमा समेत २३ आँै वार्षिकोत्सव मनाएका छन् ।

You may also like