रोल्पामा फोन गर्न अझै पनि एक घण्टा हिड्नु पर्ने पाङबासीको वाध्यता

चन्द्र रोकामगर
पाङ, रोल्पा २०७६, भाद्र २१


जिल्लामा विगतको तुलनामा सञ्चार क्षेत्रको विकास नभएको होइन तर पाङ रोल्पाको विभिन्न टोलका बासिन्दाहरुले भने सञ्चार क्षेत्रको विकासको अनुभूति गर्न पाएका छैनन् । पाङ रोल्पा जिल्लाको विकासको दृष्टिले पछि नै परेको छ । पाङका बस्तीहरु दाईबाङ, पाङ, लालिपोखरा, प्रचुङ, भैबाङ, बाख्रैखोर, कोटगा, पुजाकोट, खिङखिरे र मनेकोट आदि टोलमा फोनको सुविधा नहुँदा मानिस (पाले) प्रयोग गर्न बाध्य भएका छन् ।

गाउँमा मानिस (पाले) कै भरमा सञ्चार आदान प्रदान गर्दा फोनको जस्तो प्रभावकारी सञ्चार नभएको स्थानीयबासी नविन पुन मगरले बताउनुभयो । यस क्षेत्रमा फोनको सेवा विस्तारका सम्बन्धित निकायको ध्यान अझै पुग्न सकेको छैन । जसले वैदेशिक रोजगारीमा गएका आफन्तजनहरुसँग फोनमा कुराकानीका लागि एक घण्टाभन्दा बढि समय हिडेर डाँडामा पुगेर फोन सम्पर्क गर्नुपर्ने समस्या पुनमगरले बताउनुभयो । देशमा धेरै राज्य व्यवस्था, विकास भएका छन् तर हामी अझै पनि विकासको अनुभूति गर्न सकेका छैनौं पुनमगरले गुनाँसो व्यक्त गर्नुभयो । यि सबै टोलको लागि एउटा टेलिफोनको टेवार निर्माण गरी सेवा विस्तार भए सञ्चार आदान प्रदानमा सहज हुने थियो तर हालसम्म कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन भन्दै स्थानीयबासी नविन पुनमगरले गुनाँसो व्यक्त गर्नुभयो ।

आफ्नो टोलमा टेलिफोनको सेवा नहुँदा तत्कालन खबर आदन प्रदानमा समस्या भएको उहाँले बताउनुभयो । देश विदेशका ताजा खबरहरु टेलिफोन, टिभि, फेसबुक, टुइटर, भाइबर, रेडियो, प्रत्रपत्रिक आदीको माध्यमबाट छिटोभन्दा छिटो थाहा पाउन सकिने युग छ तर हामी भने टेलिफानको सेवाबाट पनि बञ्चित बन्नु पर्ने अवस्था भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । गाउँ गाउँमा फोन सेट छ तर फोनको टावर कहिले आउँछ भन्दै यस टोलबासीहरुको प्रमुख गुनाँसो गर्दै आएको छन् । यसरी टोलबासीहरु टेलिफोन सेवा प्रभावकारी नहुँदा देश तथा विदेशमा रहेका आफन्तजनसँग खबर आदान प्रदानका लागि घण्टौं समय हिडेर अग्लो डाँडामा पुग्न बाध्य भएको बेला अझै टेलिकम कार्यालय, गाउँपालिका, वडा कार्यलय लगायत सरोकारवाला निकायहरुको भने यस टोलबासीहरुको समस्याको समाधानमा ध्यान पुग्न सकेको छैन । पाङका विभिन्न टोलबासीहरुको टेलिफोनको समस्याको समाधनमा किन अझै पनि ध्यान पुगेको छ्रैन भनि सोधिएको प्रश्नको जवाफ वडा अध्यक्ष मोति पुनले भन्नुभयो–“मैले नेपाल टेलिकम कार्यालय लिबाङमा पहल गरेको छु, साथै गाउँपालिकाको कार्यालयमा नियमित रुपमा पहल गर्दै आएको छु । मेरो पहलहरु सम्बन्धित निकायबाट हालसम्म सुनवाई भएको छैन ।” यस क्षेत्रका बासिन्दाहरु जहिलेसम्म टेलिकमको सेवामा पहुँच पुग्दैन तबसम्म म निरन्तर पहिल गर्ने कुरा समेत उहाँले बताउनुभयो । यस क्षेत्रका टोलबासीहरुको सञ्चार आदान प्रदानको लागि सम्बन्धि निकायहरुले समयमा ध्यान पुगेको अवस्था पक्कै पनि यस क्षेत्रका बासिन्दाहरुलाई राहतको महसुश गर्द थिए ।


त्यसैले रोल्पाली जनताहरुको राज्य व्यवस्था परिवर्तनको निम्ति जीवन बलिदान, योगदान दिएका थिए । रोल्पाली जनताको बलिदान र योगदानको परिणामले नै आज आफ्नो लागि पनि सरकार छ भनेर अनुभूति गर्न पाएका छैनन् । त्यसतर्फ ध्यान दिनका लागि सबैले अनुरोध समेत गरेका छन् ।
आफ्नो गाउँपमा पनि घरबाटै फोन गर्न पाउने व्यवस्था गरि दिनका लागि स्थानीयसरकारदेखि संघीय सरकारसम्म पटक पटक माग पत्र पेश गरेपनि अझै संम्वोधन हुन नसकेपछि पीडामा परेका छन् । रोल्पा जिल्लामा विगतको भन्दा वर्तमानमा सञ्चार सेवा निकै विस्तार भएको छ । तत्कालीन नेकपा (माओवादी) सरकार सहभागी भएपछि रोल्पा जिल्लामा सञ्चार क्षेत्रको जग बसेको हो । रोल्पा जिल्लामा प्राय स्थानमा घरमै बसी बसी फोन गर्न मिल्ने अबस्थामा पुगेको बेलामा पाङबासीको यो समस्यमा पनि सम्वोधन हुन जरुरी छ । त्यसैले वडा पालिका, गाउँपालिका, प्रदेश र संघीय सरकारका प्रतिनिधीहरुले सहकार्य गरी पाङबासीलाई पनि अझै १ घण्टा अग्लो डाँडामा पुगेर मात्रै फोन गर्न मिल्ने वातावरणको अन्य गर्नु पर्दछ । जसले घरमै बसी, राती ओछ्यानमै आराम गर्दै फोन गर्न सकुन त्यस तर्फ ध्यान दिने कि ? अब रोल्पाली जनताको बलिदान र योगदानका सम्मानमा जिल्लाबासीको दैनिकसँग जोडिएको समस्याको समाधान ध्यान दिनु पर्दछ । जसले मात्र जिल्लाको सम्रग जिल्लाको ग्रामीण बस्तिका जनताहरुले विकासको अनुभूति पक्कै पनि गर्ने छन् ।

You may also like