वडा कार्यालयको बसाई व्यवस्थापनले विद्यार्थीको अध्यायनमा सहज बन्दै

मंसिर ६ गते
काभ्रा रोल्पा ।


सुनिलस्मृति गाउँपालिका वडा नं. ५ काभ्रा रोल्पाले वडाका सामुदायिक विद्यालयहरुमा बसाइ व्यवस्थापनका लागि कार्पेट टेवुल आज वितरणर गरेको छ । जसले विद्यार्थीहरुको अध्यायनमा थप सहज बन्ने भएको छ ।
गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा बसाई व्यवस्थापनको सामाग्री विद्यालयहरुलाई हस्तारण गर्दै भन्नुभयो–“विकासको मेरुदन्ड भनेकै शिक्षा भएको हुँदा गाउँपालिकाले शिक्षालाई कसरी गुणस्तरीयता बनाउनको निम्ति सक्रिय पूर्वक अगाडि बढेको छ । जस्तै आज यस वडाले गरेको कामको सबैले प्रशंसा गर्नुपर्ने काम गरेको छ, यस्तै कामहरु अव अन्य वडाहरुमा पनि अनुसरण गर्नुपर्दछ ।” गाउँपालिकाले सबै विद्यालयका निजि शिक्षकहरुलाई तलबको व्यवस्था गरेको छ । तर गाउँपालिकालाई अपुग भएको महसुस गरेको प्रमुख अतिथि घर्तीमगरले बताउनुभयो ।

त्यसैले शिक्षा समितिलाई सबै तथ्याङ्क सहित पेश गर्न निर्देशन मैले गरेको छु, विद्यालय सञ्चालन गर्न सर्वसाधरणबाट पैसा उठाएर चलाउन नपर्ने वातावरण सिर्जनाको तयारी सहित अगाडि बढेको समेत कार्यक्रममा उहाँले धारणा व्यक्त गर्नुभयो । अब गाउँपालिकाको सबै विद्यालयहरुमा इ हाजिरीको व्यवस्था, माध्यामिक विद्यालयहरुमा सिसि क्यामराको व्यवस्था, कक्षा ३ सम्म बसाइ व्यवस्थापनको लागि हामि अगाडि बढेका छौ, गाउँपालिका अध्यक्ष घर्तीमगरले भन्नुभयो ।

विद्यार्थीको संख्या बढि भएका विद्यालयहरुमा थप शिक्षकहरुको माग समेत गरेको अध्यक्ष घर्तीमगरले बताउनुभयो । त्यसैगरी कार्यक्रममा वडा अध्यक्ष नमराज थापाले बाल विकासदेखि कक्षा ३ सम्मका सबै विद्यालयहरुमा विद्यार्थीहरुलाई पढ्न सहज होस् भन्ने उद्देश्यले बसाई व्यवस्थापन सामाग्रीको व्यवस्था गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “म विद्यालय पुग्दा विद्यालयका विद्यार्थीहरु पढ्नलाई अप्ठेरो भएको महसुस मैले गरे सोही अनुसार मैले बसाई व्यवस्थापनका लागि सामाग्रीको व्यवस्था गरिएको हो, मलाई विश्वास बसाई व्यवस्थापनले विद्यार्थीको अध्यायनमा थप सहज सिर्जना हुन्छ ।”

वडा कार्यालयबाट गर्न सकिने कार्यक्रमलाई म जतिबेला पनि कार्यन्वयन गर्न तयार छु, ति कार्यक्रमहरु प्रभावकारी कार्यन्वयनका लागि तपाइहरुले मलाई सकारात्मक सल्लाह सुझाव दिनुपर्छ म अपेक्षा गर्दछु, वडा अध्यक्ष थापाले व्यक्त गर्नुभयो । यो वडाको शैक्षिक विकास लगायतका अन्य विकास कसरी गर्ने भन्ने कुरामा तपाई बुद्धिजिविहरुको भूमिका महत्वपूर्ण रहन्छ, त्यसैले म दिनरात वडाको विकासको निम्ति प्रतिवद्वता समेत वडा अध्यक्ष थापाले बताउनुभयो । वडाले गर्न सक्ने वडा बाट हुन्छ वडाको क्षमता भन्दा ठूला योजनाहरु सम्पन्नका लागि गाउँपालिका, प्रदेश सरकार संघीय सरकारसम्म आफ्नो कुरा पु¥याएको छु, उहाँले भन्नुभयो ।
त्यसैगरी कार्यक्रममा सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष बागमती क्षेत्र, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुनिलस्मृतका गाउँपालिका रोल्पाको अध्यक्ष मणिराम बुढाथोकी, जिल्ला सदस्य रत्न महरा, वडा नं. ५ का अध्यक्ष विजय थापाको सामुदायि विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति थियो ।

You may also like