महिला तथा किोशोहरू महिला तथा किशोरीहरू सामाजिक सवालहरुको पहिचान गर्दै

महिला तथा किोशोहरू महिला तथा किशोरीहरू सामाजिक सवालहरुको पहिचान गर्दै


This image has an empty alt attribute; its file name is PP2-1024x683.jpg

भरत नेपाली
भाद्र २० रोल्पा
सुनिलस्मृति गाउँपालिका २ नं. का महिला र किसोरीहरुले आफ्नो समुदायमा रहेका सामाजिक सवालहरुको पहिचान गरि बहस तथा पैरवीको माध्यमबाट न्यूनिकरण गर्न थालेका छन् ।
स्ट्रेमा फाउण्डेशनको आर्थिक सहयोगमा सहयोगीहातहरुको समूह (सहास) नेपालद्वरा दीगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स)कार्यक्रम अन्र्तगत सुनिलस्मृति गाउँपालिकाको २ खुंग्रीमा गठन गरिएका स्वलम्बन समूह र किशोरी समूहले सामाजिक सवालहरुलाई सामूहिक रुपमा बहस तथा पैरवी गरी न्यूनिकरण गर्न थालेका हुन् । जसले गर्दा महिला तथा किशोरीहरू आयआर्जनमा सङ्लग्न भै उनीहरुको जीवन स्तरमा सुधार हुनुका साथै समाज परिवर्तमा सहयोग पुगेको छ ।
आइतबार साहस नेपालले सञ्चालन गरेको परियोजनाको संयुक्त रुपमा अनुगमन कार्यक्रमा सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले स्वालम्बन समूह, किशोरी समूहको माध्यबाट साहस नेपालले गरेका सामाजिक, आर्थिक तथा शैक्षिक सुधारको प्रशंसा गर्दै आगामी दिनमा स्थानीय सरकारले गर्न नसकेकाकोमा सहयोगको गर्न साहस नेपाललाई अनुरोध गर्नु भएको छ । विगत तीन वर्षदेखि सुनिलस्मृति गाउँपालिका २ खुंग्रीमा परियोजनाले स्वालम्बन समूह, किशोरीहरुलाई सामाजिक सवालहरुको पहिचान कसरी गर्ने, पहिचा नभएका सवाहरुलाई न्यनिकरण गर्न समुदाय, स्थानीय सरकारसगँ कसरी बहस पैरवी गर्ने, समाजमा नेतृत्व विकास कसरी गर्ने, आयआर्जनलाई व्यवसायीक गरी जीवनलाई कसरी राम्रो गराउने लगायतको विषयमा तालिम छलफलको माध्यमबाट सहजीकरण गरी उनीहरुलाई सशक्तिकरण गर्दै आएको साहस नेपालका जिल्ला संयोजक मेनुका मल्लले बताउनुभयो ।

You may also like