लुम्बिनी प्रदेशमा जनताले राजनीतिक दललाई दिए यस्तो परिणाम


रोल्पा समाचार
मंसिर ११ रोल्पा


लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आउँदा जनताले दिएको यस्तो सिट प्रदान गरेका छन् । परिणाम अनुसार नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा (माओवादी केन्द्र) ले जम्मा ५ सिट जितेर तेस्रो बनेको छ । यस्तै, जनता समाजवादी पार्टी २, लोकतान्त्रिक समाजवादी पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी २ र नागरिक उन्मुक्ति पार्टीले समान २, सिट जितेका छन् भने माओवादीबाट विद्रोह गरेका २ स्वतन्त्र उम्मेदवारले समेत जितेका छन् ।
यसअघिको प्रदेश सभामा पाँच दलको प्रतिनिधित्व रहेकामा अब कम्तीमा ८ दलको प्रतिनिधित्व हुनेछ । लुम्बिनी प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टी,जनमत र राप्रपा नयाँ दलका रुपका थपिएका हुन् ।

नाम र सिट संख्या यस्तो छ

२०७४ को प्रदेश सभा निर्वाचनमा वाम तालमेल हुँदा प्रत्यक्षतर्फ
एमालेलेः— २७
माओवादी केन्द्रले १४
नेपाली कांग्रेसले ७
जसपाले २
नेकपा एमालेले ९ सिट गुमाए
माओवादी केन्द्रले पनि ९ सिट गुमाएको
कांग्रेसले भने गठबन्धनको बलमा नेपाली कांग्रेसले १० सिट थपेको

२०७९ मंसिर ४ गतेको सम्पन्न निर्वाचनबाट

एमालेः— १८
नेपाली कांग्रेस १७
नेकपा (माओवादी केन्द्र) ः ५
जनता समाजवादी पार्टी २
लोकतान्त्रिक समाजवादी पार्टी ः २
राष्ट्रिय प्रजातन्त्र पाटी २
नागरिक उन्मुक्ति पार्टी २
जनमत पार्टी १
स्वतन्त्र ३
जम्मा ५२ सिट

नेकपा एमाले
१. लिला गिरी–रुपन्देही २(१)
२.भोजप्रसाद श्रेष्ठ–रुपन्देही २(२)
३. तुल्सीप्रसाद चौधरी–रुपन्देही–३(२)
४. भुमिश्वर ढकाल–रुपन्देही ५(१)
५.चिन्तामणि पाण्डे–गुल्मी १(१)
६.डिल्लिराज भुसाल–गुल्मी २(१)
७. दिनेश पन्थी–गुल्मी २(२)
८.राजुप्रसाद श्रेष्ठ–पाल्पा १(१)
९. खेमबहादुर सारु –पाल्पा १(२)
१०.चेतनारायण आचार्य–अर्घाखांची १(२)
११.राजजीप्रसाद घिमिरे–अर्घाखांची १(२)
१२.विष्णु पन्थी–कपिलवस्तु १(१)
१३.मधुशरणप्रसाद चौधरी–कपिलवस्तु १(२)
१४.नवराज लामिछाने–कपिलवस्तु २(१)
१५.अर्जुनकुमार केसी–कपिलवस्तु ३(१)
१६.तुल्सीराम शर्मा–प्युठान १ढ१)
१७.दुर्गाप्रसाद चौधरी–बांके १(२)
१८.रत्नबहादुर खत्री–बांके ३(१) ।

नेपाली कांग्रेस
१.विश्वप्रेम पाठक–नवलपरासी १(१)
२.देवकरणप्रसाद कलवार– नवलपरासी १(२)
३.अब्दुल रज्जाक गद्दी–रुपन्देही १(२)
४.वसिउद्दिन खां–रुपन्देही ४(२)
५.सुधाकर पाण्डे –कपिलवस्तु २(२)
६.सरोज थापा –रोज राणा)–प्युठान १ (२)
७.अनुराग खड्का–दाङ १(२)
८.राजु खनाल–दाङ २(१)
९.प्रचण्डविक्रम न्यौपाने –दाङ २(२)
१०. डिल्लीबहादुर चौधरी–दाङ ३(१)
११.बादशाह कुर्मी–बांके ३(२)
१२.धनबहादुर केसी–रुकुमपुर्व १(२)
१३.भुवनेश्वर चौधरी–बर्दिया १(१)
१४.जन्मजय तिमिल्सेना–बर्दिया २(१)
१५.बीरबहादुर राना–पाल्पा २(१)
१६.धनेन्द्र कार्की–गुल्मी १(२)
१७.बैजनाथ कलवार जैसवाल–नवलपरासी २(२)

नेकपा माओवादी केन्द्र
१.जोखबहादुर महरा–रोल्पा १(१)
२.इन्द्रजित थारु –दाङ १(१)
३.कृष्णा केसी–बांके १(१)
४.तुलाराम घर्ती–पाल्पा २(२)
५.धनबहादुर मास्की–दाङ ३(२)

जनता समाजवादी पार्टी २
१.भण्डारीलाल यादव–बाँके २(१)
२.आदेशकुमार अग्रवाल–बाँके २(२)

लोकतान्त्रिक समाजवादी पार्टी ः २
१.सन्तोष पाण्डे –रुपन्देही ३ (१)
२.कन्हैया बनिया–रुपन्देही ४(१)

राष्ट्रिय प्रजातन्त्र पाटी २
१.आशिषकुमार चौधरी–रुपन्देही १(१)
२.जानकीप्रसाद यादव–कपिलवस्तु ३(२)

नागरिक उन्मुक्ति पार्टी २
१.राजकुमार चौधरी–बर्दिया १ (२)
२.धर्मबहादुर चौधरी–बर्दिया २ (२)

जनमत पार्टी १
१.चन्द्रकेश गुप्ता–रुपन्देही ५(२)

स्वतन्त्र (सबै माओवादीका बागी)

१.दीपेन्द्र पुन–रोल्पा १(२)
२.सरुल पुन–रुकुमपुर्व १(१)
३.खड्ग बस्नेत–नवलपरासी २(२)

You may also like