अभियानको रोल्पा नगरपालिकामा समीक्षा तथा समापन


समाचारदाता

पुष १६ लिबाङ रोल्पा

This image has an empty alt attribute; its file name is nagar-palika-11111.jpg


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सञ्चालन गरेको जनतासँग बिशेष रुपान्तरण अभियानको रोल्पा नगरपालिकाको समीक्षा तथा तथा समापन कार्यक्रम सोमबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्र) ले सञ्चालन गरेको अभियानको भाद्र १६ गते देशैभरी उद्घाटन गरी अभियानको शुरुवात गरेको थियो । करिव ४ महिनाको अभियानको समीक्षा तथा समापन गर्ने कार्य तालिका अनुसार रोल्पा नगरपालिका पनि आज समापन तथा समीक्षा कार्यक्रम गरिएको छ ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्ला समन्वय समिति रोल्पाका प्रमुख पुर्ण केसी (करेन्ट) ले अभियानले पार्टी कार्यकर्ता र जनतामा निकै उचाइका साथ हासिल गरेको बताउँदै अब फेरी यसलाई निरन्तर अभियानकै रुपमास अगाडि बढाउनु पर्ने बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरु पनि निरन्तर परिचालन भएको बताउँदै त्यसलाई नै निरन्तरतामा अगाड बढ्नका लागि अनुरोध गर्नुभयो । उहाँले अभियानमा पार्टीको कार्यकर्ता उत्साह जनक रुपमा अगाडिको बढेको यो उत्साहलाई आगामी दिनमा अझै गति दिनका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीलाई रुपान्तरणको लागि विधान सम्मेलन मार्फत गरिने समेत बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य लालसरि घर्ती, प्रेस सेन्टर लुम्बिनीका अध्यक्ष एवं पार्टी प्रदेश समिति सदस्य मानसिह बिक, प्रदेस परिषदका सदस्य भानबहादुर घर्तीको समेत आतथ्यिता रहेको थियो ।

कार्यक्रममा वडाका अभियान टोलिका सयोजकहरुले अभियानका समयमा भएका संगठनात्म, विकास निर्माण, पार्टी सदस्य नविकरण लगायतका भएका कामहरुको बारेमा वडाका संयोजकहरुले रिपोटिङ राख्नुभएको थियो । उहाँहरुले काम कार्य निकै गतिमा सम्पन्न गरिएको र संगठन निर्माणका लागि सबै लागि परेको बताउनुभयो ।

You may also like