सर्वहारा वर्गको पक्षमा कलम चलाउनुपर्ने- प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश अध्यक्ष बिकको भनाइ

प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष मानसिङ बिकले सर्वहारा वर्ग,उत्पीडित वर्ग लगाएत मुक्तिकामी जनताको पक्षमा पत्रकारहरुले कलम चलाउनु पर्ने बताउनुभएको छ।रोल्पाको सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा प्रेस सेन्टर नेपालको गाउँपलिका स्तरीय प्रथम भेलालाई प्रमुख अतिथिको आशनबाट भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
अध्यक्ष बिकले जनताको पक्षमा आवाज बुलन्द गर्दै क्रान्तिकारी पत्रकार संगठन हुँदै प्रेस सेन्टर नेपाल भएको बताउनु भएको थियोे ।
उहाँले भन्नुभयो ” १० वर्षे जनयुद्धको क्रममा २०६१ सालमा रोल्पाको गैरीगाउँको तिलामा महेश्वर दाहालको अध्यक्षतामा अहिलेको प्रेस सेन्टर नेपाल तत्कालीन क्रान्तिकारी पत्रकार संगठनको स्थापना भएको र स्थापना देखि नै सर्वहारा,उत्पीडित,मुक्तिकामी जनताको पक्षमा कलम चलाउदै आएको पत्रकारहरुको समुह भएको बताउनु भयो ।
प्रेस सेन्टर नेपाल आवद्ध पत्रकारहरुले जनताको आवाज बोल्दै पार्टीको बिचार र दर्शन,निति बिधान लाई जनता सम्म पुर्याउने र जनताका समस्या तथा मागलाई सरकार र पार्टीसमक्ष पुर्याउन महत्वपूर्ण भुमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

You may also like