अमर प्रहरीको योग्दान भुल्न सकिदैनः प्रमुख जिल्ला अधिकारी डा. भट्टाराई

रोल्पा समाचारदाता
लिबाङ रोल्पा
देशशैभरि ६२ औँ प्रहरी दिबस भव्यताका साथ मनाइरहँदा ‘समाज हाम्रो ढुकढुकी, राष्ट्र हाम्रो प्राण कर्तव्य हो, जनसेवा प्रहरीको सान’ भन्ने मूल नाराका साथ जिल्ला प्रहरी कार्यलय रोल्पाले पनि आफ्नो प्रहरी दिवश शुक्रबार जिल्ला प्रहरी कार्यालय रोल्पाको प्राङ्गनमा मनाएको छ ।
सो दिवस कार्यक्रमको प्रमुख अतिथि एवम् प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले भन्नुभयो–‘शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखी नागरिकलाई निष्पक्ष, पादर्शि र समान सेवा प्रदान गर्नुपर्दछ ।’ परिवर्तनलाई संस्थागतको निम्ति अग्रस्थानमा अमर प्रहरीहरुको योग्दानलाई कहिल्यै भूल नसकिने उहाँको धारणा थियो । नेपाल प्रहरीले पु¥याएको योग्दप्रविधिको विकाससँगै अब नेपला प्रहरीको क्षमता विकास गरी अनुसन्धानलाई पनि युगमन्त्री बनाउनुपर्ने उहाँले जोड दिनुभयो । अमर प्रहरीहरुको शिलिकका फूलमाला अविर ल्यापन गर्दै समाजिक परिवर्तनको शिललामा प्रहरीहरुले आफ्नो कतव्य पालनाको क्रममा शाहदत प्राप्त गर्नु हुने अमर प्रहरीप्रति हार्दिक सद्धाञ्जली व्यक्त गर्दै घाइते आपङ्गको स्वाथ्यलाभको कामना व्यक्त गर्नुभयो । साथै उहाँले आश्रित परिवारजनप्रति शाहनुभुति व्यक्त गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी.ले समाजमा भएका सबै खाले अपराध अन्त्य गरि शान्ति सुरक्षा कायम गर्न सम्पुर्ण प्रहरीहरुलाई आग्रह गर्नुभयो । उहाँले हरेका क्षेत्रमा प्रहरीको सुरक्षा अपरिहार्य रहेको समेत बताउनुभयो । नेपाली कांग्रेस रोल्पाका जिल्ला उपसभापति किशोर आचार्य, नेकपा माओवादी (केन्द्र)का प्रतिनिधि फबिन्द्र आचार्य ‘क्षितिज’, समाजसेवी कृष्ण घर्ती, बुद्धिजिवि जितबिक्रम मल्ल, पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढा, पुर्व प्रहरी हवल्दार ओविलाल के.सी. लगायतका आतिथिहरुले शुभ–कामना मतव्य राख्नुभएको थियो । दिबसमा कार्यक्रमको अवसरमा खड्कदल गणका सेनानी धर्मराज बोगटी, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख मनोज ढकाल, अमर प्रहरीका परिवार, भुपु प्रहरीहरु, पत्रकार, सरोकारवाला निकाय लगायतको आतिथिहरुले अमर प्रहरीहरुको शालिक माथि माल्यार्पण गरिएको थियो । दिवसको अवसरामा अमर प्रहरीको परिवारलाई दोसल्ला ओढाई सम्मान गरीएको थियो । साथै सामुदायिक सेवा केन्द्र रोल्पाका अध्यक्ष निम बहादुर सिंहले एक अमर प्रहरीका छोरालाई २५ सय छात्रबृत्ति प्रदान गर्नुभयो । .दिवशको अवसरमा टेवल टेनिस प्रतियोगिताको आयोजना गरीएको थियो । जसमा जित बहादुर थापा र खेमराज पुन प्रथम, नरहरि पोख्रेल र नविन केसी द्धितिय भएका छन् । बिजेताहरुले मेडल, प्रमाण पत्र सहित पुरस्कार प्रमुख अतिथि विशिष्ट अतितिले सम्मान गर्नुभयो । त्यसैगरी कार्यक्रमको अध्यक्ष जिल्ला प्रहरी कार्यलय रोल्पाका निमित्त प्रहरी निरिक्षक गजेन्द्रबहादुर चौधरीले ६२ औ प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै प्रहरी नागरिकको सुख दुःखको साथी मात्र नभई विश्वास भएको समेत बताउनुभयो । उहाँले प्रहरीको सेवालाई प्रभावकारी बनाउन नागरिकले पनि सहयोग गरिदिन समेत अनुरोध गर्नुभयो । निमित्त प्रमख तथा प्रहरी निरक्षक गजेन्द्रबहादुर चौधरीको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन प्रहरी जवान घनश्याम बुढाथोकीले गर्नुभएको थियो भने सहभागिलाई स्वागत प्रहरी निरक्षक सुदर्शन पन्थीले गर्नुभएको थियो ।

You may also like