“युवाहरु समाजमा सिर्जनशील कार्य गर्न अग्रसर हुनुपर्ने।”-सुनछहरी गाउँपालिका अध्यक्ष पुन

जुनिस कुमार बिष्ट ।पोबाङ,रोल्पा। युवाहरु समाजमा सकारात्मक,मेलमिलाप र सिर्जनशील कार्य गर्न सधैं अग्रसर हुनुपर्ने सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले बताउनु भएको छ।
बजुधुरी युवा क्लब सुनछहरी गाउँपालिका ५ पोबाङको १५ औं वार्षिकोत्सब कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्ने क्रममा उक्त भनाइ राख्नुभएको हो।
उहाले गाउँ समाजमा रहेका बिकृतिविसङ्गगति बालबिबाह,अनमेल बिबाह,जातीय छुवाछूत लगाएतलाई अन्त्य गर्न युवाहरुले भुमिका समेत खेल्नु पर्ने बताउनु भयो।
यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्काले युवा क्लबहरुले युवामुखी र सबै वर्गजाती समाजलाई समेत्ने खालका कार्यक्रमहरुलाई निरन्तरता दिने बताइनु भयो।उहाँले भन्नुभयो ” युव क्लबहरुले सामाजिक स्तरको कार्यक्रम आयोजना तथा कार्यान्वयन गर्नु पर्छ।”
यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ननकला घर्ती, वडा नम्बर ३ बाहिरीगामका अध्यक्ष उदबिर घर्तीमगर,कार्यपालिका सदस्य अनिशा बिष्ट,नेपाल पत्रकार महासंघ जिल्ला कमिटी सदस्य जुनिस कुमार बिष्ट,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति खिमबहादुर बिष्ट,देविमन्दिर माध्यमिक बिधालय पोबाङका प्रधानाध्यापक मोहन पुन,लगाएत राजनीतिक दलका प्रतिनिधि,टोल बिकास संस्थाका प्रतिनिधि लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम क्लबको आयोजनामा पौराणिक कालदेखि पुज्दै आएको बराहदेवता मंसिरे मेलाको अवसरमा पुरुष भलिबल प्रतियोगिता ,महिला भलिबल प्रतियोगिता ,लोकदोहोरी प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता,भालेपकड प्रतियोगिता लगाएत खेलहरुको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ।
उद्घाटन कार्यक्रमको सभापति क्लबका हिमाल पुनमगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लबका वरिष्ठ सदस्य जङग पुनले गर्नुभएको थियो भने कार्यक्रम संचालन क्लबका सदस्य बिक्रम पुनले गर्नुभएको थियो ।

You may also like