देशकै उत्कृष्ट पाँचौ नम्बरमा रोल्पाको जनसेवा नमूना मा.वि पर्न सफल

रोल्पासमाचारदाता

लिबाङ रोल्पा,असार १३ गत्ते ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजा प्रकाशित भएको छ । जस अनुसार रोल्पा जिल्लाबाट परिवर्तन गाउँपालिका–२ मा रहेको जनसेवा नमूना मावि राङ्सी रोल्पा देशकै उत्कृष्ट पाँचौं नम्बरमा पर्न सफल भएको हो । असार ५ गते प्रकाशित गरिएको नतिजा अनुसार उत्कृष्ट पाँचौ नम्बरमा परेपछि विद्यालय परिवार अत्यन्त हर्षित भएको विद्यालय प्रशासनले जानकारी दिएको छ । यो नतिजा हात पार्न भूमिका खेल्नु हुने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय निकाय लगायत सरोकारवालाहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं, विद्यालयका प्रधानाध्यापक भिम प्रकाश पुनले बताउनुभयो । पुनले शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरको विद्यालय शिक्षा क्षेत्र योजना तर्फको व्यवस्थापकीय तथा शैक्षिक सुधारमा रोल्पा जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएकोले नतिजामा आधारित प्रोत्साहन बापत यस जनसेवा नमूना माध्यमिक विद्यालय परिवर्तन २ राङसीलाई ५ लाख पुरस्कार प्राप्त भएको बताउनुभयो । साथै विद्यालयलाई ५ लाख पुरस्कार पाउन योग्य बनाउन सहयोग गर्नुहुने सम्पूर्ण शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बुद्धिजिवी, समाजसेवी, राजनैतिक दल लगायत सबै सरोकारवाला पक्षहरुलाई धन्यवाद दिनु भएको छ । देशभरिमा शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको विद्यालय शिक्षा क्षेत्र योजना तर्फको व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट विद्यालय बन्न सफल भएका नतिजामा आधारित प्रोत्साहन बापत रु. ५ लाख पुरस्कार पाउन योग्य विद्यालय ६७ वटा रहेका छन ।

You may also like