रोल्पाको सुनछहरी गाउँपालिका ७ जेलबाङमा जेष्ठ नागरिकहरुको घरमै स्वास्थ्य चेकजाँच

जुनिस कुमार बिष्ट । रोल्पाको सुनछहरी गाउँपालिका ७ जेलबाङमा सनिवार जेष्ठ नागरिकहरुको घरमै स्वास्थ्य चेकजाँच गरिएको छ।
७ नम्बर वडा जेलबाङको समन्वय तथा जेलबाङ स्वास्थ्य चौकीको आयोजनामा जेलबाङ वडाको कोरबाङ टोलका १४ जना ७० वर्षदेखि माथिका जेष्ठ नागरिकहरु र ४ जना ६७ देखि ७० वर्ष सम्मका गरि जम्मा १८ जना जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गरिएको वडा अध्यक्ष राजबहादुर रोकामगरले बताउनुभयो ।
जेष्ठ नागरिकको घरैमा पुगेर स्वास्थ्य चेकजाँच गरिएको हो।उक्त कार्यक्रममा वडा अध्यक्ष रोका,महिला वडा सदस्य सरिता पुनमगर,स्वास्थ्य चौकी जेलबाङकी अहेव रन्जुश्री पुनमगर,अनमी चन्द्राकुमारी पुनलगाएतले स्वास्थ्य चेकजाँच गरेका थिए।
जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्नुको साथै,दुखाइ कमका औषधि वितरण,सरसफाइ सम्बन्धि जानकारी दिइएको अहेव पुनले बताईन ।
प्रत्येक महिनाको अन्तिम सनिवारका दिन वडाको विभिन्न टोलहरुमा पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्ने जेलबाङ स्वास्थ्य चौकी व्यवस्थापन समितिको निर्णय भएकोले टोल टोलमा पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच गरिएको वडा अध्यक्ष रोकाले बताउनुभयो ।
जनप्रतिनिधि निर्वाचित हुनुभन्दा पहिले आफुहरुले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न पनि वडाले समन्वय गरि जेष्ठ नागरिकको घरैमा पुगेर स्वास्थ्य चेकजाँच सुरु गरिएको वडा अध्यक्ष रोकाले बताउनुभयो ।
उता गाउँपालिका अध्यक्ष धनबहादुर पुनले आफुहरुले निर्वाचनमा होमिदा जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच घरैमा पुगेर गर्ने प्रतिबद्धता गरिएको र ७ नम्बर वडा जेलबाङले सुरु गरेकोमा धन्यवाद व्यक्त गर्दै गाउँपालिकाले पनि उक्त कार्यक्रम छिटै सुरु गर्ने बताउनु भयो ।

You may also like