माडि गाउँपालिका–६ नं. वडामा बजार अनुमगन, म्याद सकिएका सामान नष्ट

माडि गाउँपालिका–६ नं. वडामा बजार अनुमगन, म्याद सकिएका सामान नष्ट
असोज २६ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is k1.jpg

रोल्पा, माडी गाउँपालिका–६ नं. वडा कार्यालय कोर्चाबाङको विभिन्न ठाउँका बजार सरोकारवाला निकायहरुबाट आज बजार कअनुगमन गरेका छन् । यस अनुगमनबाट नागरिक र सम्बन्धित व्यवसायिहरुलाई पनि नयाँ सिकाइ भएको छ ।
गाउँपालिका उपाध्यक्ष घनिकला घर्ती बुढामगरको संयोजकत्वमा बजार अनुगमनबाट म्याद सकिएका पिय पदार्थ, खाद्यन्न सामानहरु नियन्त्रण गरी आजै नष्ट गरेको वडा अध्यक्ष खर्क बहादुर पुनमगरले बताउनुभयो । बजार अनुगमनमा माडी गाउँपालिका उपाध्यक्ष घनिकला घर्ती बुढामगर, वडा अध्यक्ष खर्क बहादुर पुनमगर, उद्योग वाणिज्य संघ माडी गाउँपालिका प्रतिनिधि कमल घर्तीमगर, वडा सदस्य कविराज घर्तीमगर, पत्रकार बुद्धिमान वली लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो । बजार अनुगमनको क्रममा डिलरवाला व्यापारीले म्याद सकिएको सामानहरु विक्रि वितरण गरिरहेको पाएको वडा अध्यक्ष खर्क बहादुर पुनमगरले बताउनुभयो । वडाको विभिन्न स्थानमा व्यवसायीहरुलाई आगामी दिनमा सामान राख्दा म्याद हेरेर राख्ने र समय–समयमा व्यसायीले सामानहरुको म्याद सकिएका सामानहरु पसलमा नराख्न कअनुगमन टोलिले सुझाव दिएको छ ।

This image has an empty alt attribute; its file name is k2-1.jpg

त्यस्तै शिक्षक एवम् सोही वडाबासी जुद्व बहादुर घर्तीमगरले माडी गाउँपालिकाले गरेको कामहरुमध्ये आजको बजार अनुगमन कार्य उदाहरणीय भएको बताउनुभयो । दैनिक उपभोग्य म्याद सकिएका सामानहरु नष्ट गर्ने कार्य चाही साच्चिकै नागरिकको स्वास्थ्यमा ध्यान दिएर बजार अनुगमन गरेको अनुभूति उहाँले व्यक्त गर्नुभयो । गाउँपालिकाद्वारा आज यस वडाको बजार अनुगमन कार्यलाई वडाबासीहरुले वडाबासीको हितमा रहेको धारणा व्यक्त गरेका छन् । आगामी दिनमा पनि गाउँपालिका र वडा कार्यालयबाट बजार अनुगमन गर्नुपर्ने आवश्यकता समेत वडाबासीहरुले औल्याएका छन् । आगमी दिनमा गाडिबाट होसेल सामान विक्रिता डिलरवालाहरुलाई पनि नियमित रुपमा अनुगमन गर्नुपर्ने व्यवसायिहरुको माग अनुगमन टोलिलाई राखेका छन् । म्याद सकिएका सामान विक्रि वितरण गर्ने डिलरवाला व्यापारीबाट व्यवसायीको क्षति पुर्ति समेत व्यवासायिहरुले माग गरेका छन् । अब नियमिति रुपमा गाउँपालिकाको विभिन्न ठाउँका बजारहरुको अनुगमन कार्यलाई विशेष प्राथमिकता दिएको गाउँपालिका उपाध्यक्ष घनिकला घर्ती बुढामगरले बताउनुभयो ।

You may also like