किशोरकिशोरी यौन तथा प्रजनन्, स्वास्थ्य र बाल बिबाह अन्त्य सम्बन्धि पत्रकारसँग पैरवी

किशोरकिशोरी यौन तथा प्रजनन्, स्वास्थ्य र बाल बिबाह अन्त्य सम्बन्धि पत्रकारसँग पैरवी कार्यशाला

This image has an empty alt attribute; its file name is k1-1.jpg


७ भाद्र, रोल्पा ।
बाल बिबाह अन्त्य कार्यक्रम अन्तर्गत किशोरकिशोरी यौन तथा प्रजनन्, स्वास्थ्य र बाल बिबाह अन्त्य सम्बन्धि सोमबार पत्रकारसँग पैरवी कार्यशाला लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेल, हेल्थ केयर पत्रकार समाजका केन्द्रीय महासचिव पदमराज जोशी, ग्ल्ँएब् का प्रतिनिधि केदार राना लगायका अतिथिहिरुले मनतव्य राख्नुभएको थियो । आद्रा नेपालका प्रतिनिधि राजीव यादव, हेल्थ केयर पत्रकार समाज केन्द्रीय महासचिव पदमराज जोशी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष खेम बहादुर बुढामगरले बाल बिबाहको अवस्था, कारण, असर, रोकथामको उपाय लगायतका विषयवस्तुमा सहजीकरण गर्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is k3.jpg

कार्यशालामा सहभागी पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका कोषाध्यक्ष उमा के.सी.हरुले अनुभूति सहितको मनतव्य राख्नुभएको थियो । कार्यशालामा जिल्लाबाट राष्ट्रिय मिडियामा कार्यरत पत्रकार र जिल्लामा सञ्चालित सञ्चारमाध्यहरुमा कार्यरत पत्रकारहरुको सहभागी रहेको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचनमगरको अध्यक्षतामा सम्पन्न कार्यशालाको सञ्चालन आद्रा नेपालका प्रतिनिधि राजीव यादवले गर्नुभएको थियो ।

You may also like