चक्र पुनको पहलमा दिलबहादुर बचाउन साउदीमा रकम संकलन

रेशम विश्वकर्मा
रोल्पा समाचार
२०७५ जेठ २०

जेलमा रहेका घर्तीमगर
साउदी अवरबमा वषौं दिनदेखि रोल्पा नगरपालिका–१० धबाङ निबासी दिलबहादुर घर्तीलाई स्वदेश नेपाल फर्काउनका लागि देशव्यापि रुपमा नै विभिन्न निकायहरुको पहलमा अर्थिक संयोग संकलन अभियान जारी रहेको बेला नेपाल मगर संघ साउदीका पूर्व सदस्य चक्र पुनमगरको व्यक्तिगत पहलमा आर्थिक सहयोग संकलन गरिहनुभएको छ ।


अहिलेसम्म पनुमगरको व्यक्तिगत पहलमा साउदैमा नै सहयोगी पहल गर्दै आउनुभएको छ । दिलबहादुर घर्ती साउदी अरबको (Nnsed Al.Diabahi congering and Est Riyadn कम्पनीमा कार्यरहत थिए । घर्तीले ड्राइभिङ गरिरहेको समयमा सडक दुर्घटना हुँदा सोही देशमा नागरिकको मृत्यु हुँदा वषौदेखि जेल जीवन बिताउन बाध्य छन् । जेल जीवन बिताइरहेको समयमा नै साउदी अदालतले घर्तीको ७५ प्रतिशत गल्ती देखाउँदै अदालतले २,२५,००० (६५लाख नेपाली) रकम मृतक परिवारलाई क्षतिपूर्ति रकम नबुझाएको खण्डमा मृत्युदण्डको पीडामा छटपटाइरहेको समयमा नेपाल मगर संघ साउदीका पूर्व सदस्य चक्र पुनमगरको विशेष पहलमा सहयोग आर्थिक संकलनले केही राहत हुने भएको छ । घर्तीका परिवार ६५ लाख रकम जुटाउन विभिन्न सहयोगी मनसँग सहयोग संकलन गर्दैै आएका छन् । पुनको व्यक्तिगत पहलमा घर्तीगाउँ निबासी भिमसेन घर्तीले रु १४ हजार, कुरेली निबासी चमार बुढाले रु १४ हजार, थबाङ निबासी धनबहादुर झाँक्रीले रु ८ हजार ८ सय, कोर्चाबाङ निबासी डम्बरबहादुर बाठाले रु २ हजार ८ सय, कुरेली निबासी शुरेस दङ्गालीले रु २ हजार ९ सय, लिबाङ निबासी धनकुमारी पुनले रु २ हजार ९ सय, लिबाङ निबासी रेशम पुन २ हजार ८ सय, मजाबाङ निबासी सुनिल बुढा १५ सय २८ रुपैया, वटुवल निबासी देवाकर चौधरी ७ सय, लमजुङ निबासी निर्मल निर्मल माझीले ५ सय ६० रुपैया, तनहुँ निबासी प्रेम कुमालले रु ५ सय ६० रुपैया, रुकुम निबासी एकेन्द्र परियारले रु ५ सय ६० रुपैया, तनहुँ निबासी राम विश्वकर्मा ५ सय ६० रुपैया, झापा निबासी सोम धितालले रु ५ सय ६० रुपैया, कोर्चाबाङ निबासी शशिराम पुनले रु ८ सय ४० रुपैया र गैरीगाउँ निबासी आमे पुनले रु ५ सय ५० रुपैया आर्थिक सहयोग गरेको पुनमगरले बताउनुभयो । साथै माथि उल्लेख गरिएको भन्दा कम आर्थिक सहयोग धेरै नेपालीहरुले आर्थिक सहयोग गरेको समेत उहाँले बताउनुभयो । उक्त रकम अन्तर्राष्ट्रिय एकता मञ्चको पत्रकार सम्मेलन मार्फत सम्बन्धित निकायमा बुझाउने बताउनुभयो ।
आफ्नो ठाउँमा रोजागरी नपाएर वैदेशिक रोजगारीमा गएका केही नेपाली जीवनभरि कमानउ नसक्ने कानुनी सजायको भागेदारी बन्नु पर्ने अवस्था छ । साउदी अरवबाट धेरै धन सम्पत्ति जोडी घरपरिवारलाई सुख शान्तिमय जीवना बिताउन जस्ता असिमित सपनाहरु बोकेर नेपालबाट साउदी अरबको खाडी मूलकमा धन कमाउन पुगेको केही महिनामै दिलबहादुर घर्तीमगरले ड्राइभिङको क्रममा सडक दुर्घटनामा सोही देशको नागरिकको मृत्यु हँुदा ति आफ्ना असिमित सपनाहरु सपनामा नै सीमित बन्न पुगेका छन् । घर्तीमगर वर्षाै दिनसम्म जेल जीवन बिताइरहेको समयमा अहिले साउदी अरवको अदालतले उनको ७५प्रतिशत कम्जोरी देखाउँदै सोही देशको २ लाख २५ हजार (नेपाल करिव ६५ लाख) रकम क्षतिपूर्ति स्वरुप फैसाला गरेको छ । घर्तीमगर साउदी अरवको जेलमा नै छन् । भने घर्तीका घरपरिवार जेलमुक्त गर्नका लागि आवश्यक रमक संकलन कसिएका छन् । यो विपतको समयमा घर्तीमगरका परिवारले सहयोगी हातहरु आवश्यक वेला योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसियल) रोल्पाले आवश्यक रकम संकलनको लागि ‘दिलबहादुर घर्तीमगर’ बचाऔं अभियान सञ्चालनले पीडित परिवारलाई राहतको महशुस भएको छ । यसरी केन्द्रीय स्तरमा सम्मानीय उप राष्ट्रपति नन्दबहादुर पुनमगरका पुत्र एवं विद्यार्थी नेता दिपेश पुनमगरको संयोजकत्वमा नै ‘दिलबहादुर घर्तीमगर’ बचाऔं अभियान सञ्चालन गरिएको छ । रोगजारीको लागि विदेशिनु पर्ने कुनै नेपालीको लहर नभई बाध्यतापूर्ण अवस्था हो । जसरी आर्थिक अभावकै कारण अर्काको देशमा रोजगारीको लागि विदेशिएका घर्तीमगर जस्ता पीडितको उद्वारको निम्ति आ–आफ्नो ठाउँबाट सहयोग ग¥यौं । साउदी अरवको अदालतले क्षतिपूर्ति स्वरुप फैसला गरेको रकम पु¥याउन नसकेको अवस्थामा मृत्यु दण्डको सजाय हुने भएकोले आफ्नो राष्ट्रको नागरिकलाई मृत्यृ दण्डबाट बचाउन आम नेपाली नागरिको उतिकै सहयोगी मनहरुको आवश्यकता हो । आज साउदी अरबको जेल जीवन बिताउन बध्या भएका आफ्ना श्रीमान् घर्तीमगरलाई मुक्त बनाउनका लागि आफ्नो श्रीमती नेपाल सरकारका विभिन्न निकायहरु सहयोगको निम्ति पुग्दै छन् । उनलाई खाली हात पठाउनु भन्दा पनि सक्दो सहयोग गरी पीडितलाई केही सहयोगमा कञ्जुसाय नगरौं । घर्तीमगर रोल्पा जिल्लाबासीको नाताले पनि जिल्लाबासीले सक्दो सहयोग गरी मृत्यृ दण्डबाट बचाउन सक्रिय भूमिका निर्वाह गरौं ।

You may also like