नगर प्रमुख के.सी.द्वारा इट्टा भट्टाबाट घरफर्किएकालाई क्वारेन्टाइनको महत्व सम्बन्धि सहजिकरण

नगर प्रमुख के.सी.द्वारा इट्टा भट्टाबाट घरफर्किएकालाई क्वारेन्टाइनको महत्व सम्बन्धि सहजिकरण
९ वैशाख, लिबाङ रोल्पा ।


रोल्पा नगरपालिका कार्यालय रोल्पाका नगर प्रमुख पुर्ण के.सी.ले क्वारेन्टाइनको महत्व सम्बन्धि सहजिकरण पश्चात् यस नगरको १० नं. वडाबाट भक्तपुर जिल्लाको एक इट्टा भट्टाको २२ जना मजदुरीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।

अाज लिबाङसम्म बसमा यस वडाबासीहरू, अन्य वडाबासीहरू सिहत अन्य गाउँपालिकाबासीहरू घरफर्किएका हन् । टुडिखेल स्थित हेल्थ डेस्कमा सबै जनाकाे ज्वराे परीक्षण पश्चात् गाडीबाट अा -अाफ्नाे गनतव्यतिर हिडेका छन् ।
बसमा आएका ति २२ जना मजदुरीहरुलाई नगर प्रमुख पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला प्रहरी कार्यालय रोल्पाको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङ, नगर स्वास्थ्य शाखा प्रमुख टंक गिरीले संघीय सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि अबलम्बन गरेको क्वारेटाइनमा बस्नुको महत्व र फाइदाहरु सहजिकरण गर्नुभएको वडा अध्यक्ष मनबहादुर खत्रीले बताउनुभयो । नगर प्रमुख सहित सरोकारवाला निकायहरुको क्वारेन्टाइनमा बस्नुको महत्व र फाइदाको सहजिकरण पश्चात् जनप्रिय आधारभूत विद्यालयको क्वारेन्टाइनमा राख्नका लागि पठाएको उहाँले बताउनुभयो । टुडिखेल स्थितको हेल्थे डेस्केबाट ज्वरो परीक्षण गरी वडामा सम्बन्धित निकायरुलाई जानकारी दिएर तिनीहरुलाई गाउँतिर पठाएको छ । साथै वडा अध्यक्ष खत्रीका अनुसार गुरुद्य मा.वि.को क्वारेन्टाइनमा २ जना र राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टाइनमा ३ राखिएको छ ।

उहाँले यस वडाबाट विभिन्न इट्टा भट्टाहरुमा मजदुरीका लागि गएका वडाबासीहरु थप १ सयभन्दा बढिको संख्यामा घर फर्किन बाँकी रहेको बताउनुभयो । तिनीहरु पनि घर फर्किनका लागि याता तय गरी सकेका वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो । उहाँले यस वडामा घरफर्किएकाहरुलाई संघीय सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि तय गरेको नीति अनुसार १४ दिनसम्म क्वारेन्टाइनमा राख्नका लागि वडाले थप पहल गर्दै आएको बताउनुभयो । यस जिल्लाबाट विभिन्न इट्टा भट्टामा मजदुरीका लागि गएका जिल्लाबासीहरु घर फर्किने क्रम जारी छ ।

You may also like