प्राकृतिक, धार्मिक र युद्ध पर्यटकीय क्षेत्र बन्दै जलजलाका माइला बराह देवस्थल जेठ पुन्नी

मानसिंह विश्वकर्मा
२०७६ जेठ १७
कोर्चाबाङ, रोल्पा
माडी ६ कोर्चाबाङ हान्निङ जेठपुन्नी धुरीमा रहेको जलजलाका माइला बराह र कान्छा बराहमा क्षेत्र ब्रहाताल जेठपुन्नीमा सडक पुगेको छ । गाउँपालिकाको लगानीमा सडक निर्माण भएपछि स्थानीयबासी खुशी भएका छन् । सो सडकको गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनमगरले उद्घाटन गर्नुभएको हो ।

सडकको उद्घाटन गरेपछि प्रमुख अतिथि लगायत अन्य अति िएवं सहभगितारु


रोल्पा माडी ६ कोर्चाबाङको जेठपुन्नीमा रोल्पाको जलजलामा रहेका जेठा बराहको थानबाट माइला र कान्छा थान विगत परापूर्वकालमा लिइएको भन्ने धार्मिक विश्वास छ । त्यसका साथ त्यस क्षेत्रमा २०५९ सालमा तत्कालीन माओवादी जनमुक्ति सेना र शाही सेना बीचमा दुइ दिनसम्म दोहोरो भिडन्त भएको युद्ध पर्यटकीय क्षेत्र पनि हो । करिव २ हजार १ सय उचाईमा रहेको अग्लो स्थानमा समथर भुभाग, बराह ताल, हरियाली घना जंगलमा रमणीय स्थानमा अझै गुराँसै गुराँसका रुखहरुले घेरीएको गुराँस फूल्ने बेलामा सबैको मन नै आकर्षण गर्ने गर्दछ । त्यसलाई धार्मिक, प्राकृतिक र युद्ध पर्यटनको क्षेत्रमा विकास गर्नका लागि गाउँपालिकाले गुरुयोजना निर्माण गरी अगाडि बढाउनका लागि पुरै लागेको छ । जेठ पुन्नीमा बिसाल धार्मिक मेला लाग्छ त्यसमा रोल्पा, रुकुम, दाङ, सल्यान लगायत अन्य जिल्लाबाट पनि पुजा गर्न आउने गर्दछन् ।

  यसरी हिडे जेठपुन्नी धुरीमा सरोकारवाला निकायहरु सबैको खोजीमा

सो क्षेत्रका विकासका लागि पर्यटकहरुको गणतव्यलाई सहज बनाउनका लागि सडक निर्माणलाई पहिलो प्रथमिकतामा बनाएको थियो । सोही अनुसार गाउँपालिकाको पर्यटन क्षेत्रको विकास प्रवद्र्धन कार्यक्रम अन्तर्गत रिलागङ, हान्निङ, ब्रहाताल जेठपुन्नी सम्मको मोटर बाटो निर्माण कार्य गाउँपालिका ७ लाख लगानी र जनश्रमदानबाट २.५ कि.मि. सडक निर्माण भएको हो । त्यस स्थानमा यातायात पुग्ने भएपछि अब स्थानीयबासीहरु खुशी भएको समाज सेवी एवं पूर्व शिक्षिका अमृता घर्तीमगरले बताउनुभयो ।


सडक उद्घाटन माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमरले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले प्राकृतिक हिसाव मनोरम वातावरण, हरीयाली घना जंगल, प्राकृतिक ताल लगायत गुराँसे जंगलले पनि यसलाई प्राकृतिक पर्यटनको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
उहाँले युद्ध पर्यटन क्षेत्रकोको सन्दर्भमा पुनमगरले आमूल परिवर्तनको लागि मोर्चाबन्दी युद्ध चलेको स्थान भएको बताउँदै उहाँले यसलाई युद्ध पर्यटनको क्षेत्रमा अगाडि बढाउन सकिने बताउनुभयो ।
यसैगरी उहाँले धार्मिक क्षेत्रका हिसावले पनि यस क्षेत्रलाई जलजला बराहको माइला बराह आएको यहाँबाट नै पुजा गर्न सकिने र मनले आतेका इच्छाहरु पुरा हुने धार्मिक विश्वासलाई सबैलाई सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो । जलजलामा हुने पुजा यही क्षेत्रबाट अगाडि बढाउनु पर्ने बताउनुभयो ।
उहाँले गाउँपालिकाबाट ब्रहाताल जेठपुन्नी, ओतको बाङेताल, भाबाङको पुलबाङ, तालाबाङको सुकिदह लगायतलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धिको बाटो निर्माण हुने बताउनुभयो । त्यसका लागि गाउँपालिकाले गुरुयोजना निर्माणलाई अगाडि बढाएको छ । त्यसलाई सबैले सहयोग गरेर अगाडि बढ्नका लागि अनुरोध गर्नुभएको थियो ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका अध्यक्ष मित्रमणी घर्तीमगर, नेपाली कांग्रेस क्षेत्रीय सभापति गोपाल घर्ती लगायतले गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आफ्नो पार्टी लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यो करिव २१ मिटर अग्लो स्थानमा भएकोले धेरै स्थानहरु हेर्न सकिन्छ ।

कार्यक्रममा गाउँपालिका विशिष्ट अतिथि उपाध्यक्ष धनिकला घर्ती बुढा, अतिथहरु नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य प्रेम घर्ती, जिल्ला सदस्य बिजय घर्ती, नेकपा माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती, माडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा, माडी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ललित घर्तिमगर, ५ का वडाअध्यक्ष भरत बहादुर बुढामगर, ६ का वडा अध्यक्ष खर्कबहादुर पुन, वडा सदस्य कविराम घर्तीमगर, ललिता परियार, वडा सचिव तिर्थ घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोर्चाबाङका अध्यक्ष कमन बुढामगर, श्री सिद्ध कैलाश प्र.मा.वि.का प्र.अ. सुवबहादुर बुढामगर, रेडियो माडी आवाजका स्टेशन म्यानेजर बुद्धिमान वली, दलित सञ्जाल कोर्चाबाङका अध्यक्ष खर्कबहादुर विश्वकर्मा, लगाएतको उपस्थिति रहेको थियो ।
मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र बुढाको अध्यक्षता समिमितका सदस्य मनिराज बुढामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन पर्यटन समिति कोर्चावाङका सदस्य कमाङसिङ बुढाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले माडी गाउँपालिका भित्र रहेका ऐतिहासिक स्थानलाई संरक्षण गर्नेमा प्रतिबद्धता जनाउनुभएको थियो । उद्घाटन कार्यक्रम अघि सम्पुर्ण अतिथिहरु उक्त स्थानमा रहेका रमणीय स्थान, धर्मिक र युद्ध पर्यटनका दृश्य अवलोकन गरिएको थियो ।
रोल्पा कोर्चाबाङको धार्मिक, प्राकृतिक, युद्ध पर्यटनको क्षेत्रमा निकै सम्भावना बोकेको यस क्षेत्रका स्थानीयहरु पनि विकासका गर्नका लागि निकै लागि परेका छन् । त्यसैले गाउँपालिका र प्रदेस सरकार तथा संघीय सरकारबाट त्यस क्षेत्रलाई अगाडि बढाउन पहल गर्नुपर्ने आवश्यता देखिन्छ । भौगलिक, प्राकृतिक, धार्मिक र युद्ध पर्यटनको राम्रो सम्भावना बोकेको यस क्षेत्रको विकास गरी अगाडि बढाउन सकेमा त्यस क्षेत्रका नागरिकको जीवन स्तरमा पनि परिवर्तन आउन सक्ने छ ।

You may also like