नेकपा र अन्य पार्टीको संयुक्त आमसभा 

अषाढ ११ रोल्पा
रोल्पा कांग्रेस, एमाले, नेकपा, जनमोर्चा र राप्रपाको माओवादीविरुद्ध गठबन्धन गरी चुनावी तालमेल गरेका छन् । थबाङ र माडी गाउँपालिकामा लगायत अन्य वडामा पनि तालमेलसँगै चुनावी सभाहरु पनि संयुक्त गर्दै मत मागि रहेका छन् ।
थबाङ गाउँपालिकामा नेकपा, नेपाली कांग्रेस, नेकपा एमाले र राजमोको संयुक्त पानल झै बनेको छ । थबाङ गाउँमा सबै गाउँ गाउँमा पुगेर मत मागिरहेका छन् । यसैगरी भाबाङ वडामा पनि गाउँ गाउँमा एक भएर मत मागि रहेको संयुक्त प्यानलका अध्यक्ष विष्णु कुमार घर्तीमगरले बताउनुभयो । गाउँ गाउँमा जाने भोट माग्नेहरुले पनि संयक्त नै हिडेको स्थानीय जनताले बताएका छन् । भाबाङका समाजसेवी इन्द्रबहादुर सेटीमगरले संयुक्त प्यालनबाट उठेर विगतको सबै त्याग तपस्या र वलिदान विष्णुले भुलेको बताएका छन् ।
यस्तै गरी माडी गाउँपालिकामा नेपाली कांग्रेस र एमालेको तालमेल रहेको छ । त्यसमा पनि गाउँपालिकामा अध्यक्ष गोपाल घर्तीमगर नेपाली कांग्रेस र गाउँपालिकामा उपाध्यक्ष प्रेम घर्तीमगर एमालेबाट उमेदवार दिएर अगाडि बढेका छन् । माडी गाउँपालिकामा भाबाङ, कोर्चाबाङ, घर्तीगाउँ, ओत, तालाबाङ लगायत गाविसमा संयुक्त कार्यक्रमहरु गरिरहेका छन् ।

You may also like