माक्स, सावुन वितरण परनिर्भर बनाउनको लागि नभई शन्देश दिनका लागि हो । ललित घर्तीमगर, अध्यक्ष माडी २ एवं प्रबक्ता माडी गा.पा.

 

माक्स, सावुन वितरण परनिर्भर बनाउनको लागि नभई शन्देश दिनका लागि हो ।
ललित घर्तीमगर, अध्यक्ष माडी २ एवं प्रबक्ता माडी गा.पा.
रोल्पा समाचारदाता
चैत्र २३ घर्तीगाउँ

विश्वव्यापी महामारीकोरुप कोरोना भाइरस (कोभिड १९) ले फैलिरहेको बेलामा माडी गाउँपालिका वडा नं. २ का ललित घर्तीमगरले माक्स, सावुन वितरण गर्ने कार्य पूर्णता नभई सन्देशन दिनका लागि भएको बताँउँदै आफूहरुले पनि माक्स, एवं सावुन वितरण गरेको बताउनुभयो ।
माडी २ घर्तीगाउँ पश्चिम क्षेत्रकै मध्य तथा सामरिक महत्व बोकेको वडा भएकोले त्यसलाई सचेतना मुलक कार्य नै पहिलो भएको बतउनुभएको छ । उहाँले गाउँ तथा सो बजारमा आएका मानिसहरुलाई स्थानीयले सन्देश दिनका लागि पनि माक्स, सावुन वितरण गरिएको बताउनुभएको छ । उहाँले वडाभरीमा २ हजार सावुन र १ हजार २ सय माक्स वितरण गरिएको बताउनुभयो । माक्स तथा सावुन वितरण नै उत्तम उपाय हो भनेर रोल्पा समाचार अनलाईनको जवाफमा भन्नुभयोः–“यो नै उत्तम उपाय होइन, आम जनताले पनि किन्न सक्नछन् । यो एउटा सन्देश नै हो । हामीले सचेतना फैलाउने हो ।
वडा कार्यालयको तर्फबाट जनप्रतिनिधीहरु गाउँ गाउँमा गएर जनतालाई सरफाई, आनीवानी परिवर्तन, लकडाउनमा परेका समस्याका बारेमा छनलफल चलाई रहेको वडा अध्यक्ष घ र्तीमगरले बताउनुभयो । तर सरकारले राहत दिन्छ, वितरण गर्दैछ भन्ने लगायतका शब्द सरकारबाट दिने भने पछि केही हुनेखाने पनि परनिर्भर प्रविृति पनि ह्वात्तै बढ्ले हाम्रो विकास एवं कोरोना विरुद्धको लडाई पनि समस्या हुने देखिन्छ ।


नेपाल सरकारले गरेको लकडाउन प्रभावकारी बन्दा जनताले स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख लक्ष्मण ढकालले रोल्पा जिल्ला लकडाउनले रोल्पा जिल्लाको नागरिकको सुरक्षालाई ग्यारेन्टी गरिएको बताउनुभएको छ ।
सरकारले दिने एउटा सन्देश मात्रै हो, सामान्य आनीबानी, सररफाई, सावुन, मास्क सक्नेले आफै किनौँ । त्यसका लागि बरु समन्धित निकायले व्यवस्थापन गरि दिनेतर्फ ध्यान दिनु पर्दछ होइन भने परनिर्भरताले बास गरेमा हाम्रो विजयको यात्रामा अबरोध हुन सक्छ । त्यसतर्फ ध्यान दिनुपर्दछ की ।

You may also like