सुनछहरी गाउँपालिकाले क्वारेन्टाइनमा राख्न  प्राथमिकरण सिहत अन्य विभिन्न निर्णयहरू पारित

सुनछहरी गाउँपालिकाकाे बैठकबाट क्वारेन्टाइनमा राख्न  प्राथमिकरण सिहत अन्य विभिन्न निर्णयहरू पारित

जुनिश कुमार विष्ट

४ वैशाख, पोबाङ रोल्पा


सुनछहरी गाउँपालिका कार्यालय रोल्पाले क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको प्राथमिकताको आधारमा राहत व्यवस्था गर्ने निर्णय हिजो पारित गरेको छ । यस निर्णयले अति विपन्न व्यक्ति र परिवारहरुको जीवन यापनमा थप सहयोग पुग्ने भएको छ ।
यस गाउँपालिका अध्यक्ष आशबहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठबाट पारित भएका निर्णयहरु प्रेस विज्ञप्ती मार्फत गाउँपालिकाले सार्वजनिक गरेको छ । गाउँपालिका प्रवक्त अमरजित पुनद्वारा हस्ताक्षर प्रेस विज्ञप्ती अनुसार नयाँ वर्ष २०७७ सालको पावन अवसरमा गाउँपालिकाबासी तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा नयाँ वर्षको हार्दिक शुभकामना गाउँपालिकाले व्यक्त गरेको छ ।

यस गाउँपालिकामा असंगठित क्षेत्रमा कार्यरत श्रमिक कामदारको व्यवस्थापन कार्यविधि आवश्यक संशोधन पारित गर्ने, नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि गाउँपालिका अन्तर्गत प्रवेश गर्नेहरुलाई भारत तथा तेस्रो मुलुकबाट घर फर्किएकालाई प्राथमिक नम्बर १, भारतको सिमावर्ती जिल्ला तथा काठमाडौं, बाग्लुङ, कैलाली, कञ्चनपुर सहित हाल प्रभावित जिल्लाबाट घर फर्किनेहरुलाई प्राथमिक नम्बर २ र अन्य जिल्लाबाट घर फर्किएकालाई प्राथमिक नम्बर ३ राख्ने निर्णय, प्राथमिक नम्बर १ र २ बाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, अन्य जिल्लाबाट घर फर्किएकालाई अनिवार्य होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने, प्रत्येक वडामा क्वारेन्टाइन राख्नको लागि सहिद स्मृति भवन सेरम, जनता प्राथमिक विद्यालय भित्रीगाम, जनता मा.वि. बाहिरी गाम, नेपाल राष्ट्रिय मा.वि. स्युरी, देवी मन्दिर मा. वि. पोबाङ र नमुना मा. वि. कसला, नेपाल राष्ट्रिय मा. वि. फगाम र जनता सुधार प्राथमिक विद्यालय फगाम धुङसी र रोल्बाङ मा. वि. जेलबाङ छनौट गर्ने, क्वारेन्टाइनमा बस्नेहरुका लागि मापदण्ड अनुसार खान बस्नका लागि प्रति व्यक्ति रु २१० तोकिएकोमा त्यसमा गाउँपालिकाबाट प्रति व्यक्ति रु ४० रुपैयाँ थप गरि २५० रुपैयाँका दरले उपलब्ध गराउने साथै क्वारेन्टाइनमा बस्ने आगन्तुकहरुको व्यवस्थापनको लागि सम्बन्धित वडा अध्यक्षले व्यवस्थापन गर्न एक जना व्यक्तिलाई जिम्मेवार दिने, प्रत्येक वडा कार्यालयले बाहिरबाट आउने आगन्तुकहरुको विवरण दैनीकी अद्यावधिक गर्ने, विपद् व्यवस्थापन कोषलाई अभिवृद्धि गर्न विभिन्न चालू शीर्षकको कार्यक्रमबाट रकमान्तर गरि रु २५ लाख बराबरको कोष अभिवृद्धि गर्ने निर्णय पारित भएको गाउँपालिका प्रवक्ता अमरजित पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ । यस गाउँपालिकाले नोबेल कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणका लागि जनहितमा विभिन्न कार्यक्रमहरु सेमत गर्दै आएको छ ।

You may also like