गंगा ब्रह्मपुत्र तटबन्धीय जलवायु परिवर्तन प्रभाव न्यूनिकरण परियोजना समबन्धि अन्तरक्रिया

गंगा ब्रह्मपुत्र तटबन्धीय जलवायु परिवर्तन प्रभाव न्यूनिकरण परियोजना समबन्धि अन्तरक्रिया


This image has an empty alt attribute; its file name is d1.jpg

१७ असोज, लिबाङ रोल्पा ।
रोल्पा जिल्लाको विभिन्न स्थानीय तहको विभिन्न वडाहरुमा सञ्चालित गंगा ब्रह्मपुत्र तटबन्धीय जलवायु परिवर्तनको प्रभाव न्यूनिकरण परियोजना बारेमा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम आज लिबाङमा सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाको प्रमुख राज बहादुर बुढामगर, विशिष्ट अतिथिहरू रोल्पा नगरपालिकाका नगर प्रमुख पुर्ण के.सी. र प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, सुनिलस्मृति गाउँपालिका १ नं. वडा अध्यक्ष केशवलाल कवर लगायतका अतिथिहरुले सुझाव मनतव्य राख्नुभएको थियो ।

This image has an empty alt attribute; its file name is d2.jpg

यो परिजनाको सुनिलस्मृति गाउँपालिका १ नं. घोडागाउँ, लुङ्ग्री गाउँपालिका ४ नं वडा, सुनछहरी गाउँपालिकाको १ र ५ नं. वडा, रोल्पा नगरपालिका ६ नं. रोल्पाको पाँच वटा वडाहरुमा गंगा ब्रम्हपुत्र टन्टबन्धीय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तथा न्यूनिकरण परियोाजना सम्बन्धित सरोकारवाला निकायसँग परियोजनाको संक्षिप्त जानकारी तथा यस परियोजनामा आवद्व सहकार्य गर्न संस्था तथा मानव अधिकार रक्षक आदी परिचयको उद्वेश्य राखेर अन्तरक्रिया कार्यक्रम आयोजना गरेको सहयोगी संस्था दलित महिला सेचतन् केन्द्र (ड्वाक) नेपाल रोल्पाका अध्यक्ष रेखा सुनारले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is d1.jpg

जलवायु परिवर्तन सम्बन्धि सरोकारवाला निकायसँग अन्तरक्रिया माध्यमबाट आवश्य सल्लाह सुझावको आधारमा कार्यक्रम तय गरी कार्यन्वयन गर्ने समता फाउण्डेशनका निर्देशक उज्वल सुन्दासले बताउनुभयो । कार्यक्रममा परियोजनाको उद्वेश्यको बारेमा सहजीकरण विष्णु लाखेले गर्नुभएको थियो । समता फाउण्डेशनका निर्देशिक निर्देशक उज्वल सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दलित महिला सेचतन् केन्द्र (ड्वाक) नेपाल रोल्पाका सह सचिव रेशम बि.क.ले गर्नुभएको थियो भने दलित महिला सचेतन् केन्द्र (ड्वाक) नेपाल रोल्पाका अध्यक्ष रेखा सुनारले गर्नुभएको थियो ।

You may also like