सुनिलस्मृतिमा ११ गतेदेखि जोरविजोर प्रणालिबाट विद्यालय सञ्चालनको तयारी

सुनिलस्मृतिमा ११ गतेदेखि जोरविजोर प्रणालिबाट विद्यालय सञ्चालनको तयारी
आसोज ४ गते
सुलिचौर–रोल्पा

This image has an empty alt attribute; its file name is कब.jpg


सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको चालु आ.व. २०७७÷०७८ को तेश्रो कार्यपालिका बैठकले ११ गतेदेखि दशै तिहारसम्म जोरविजोर प्रणालिमा विद्यालय सञ्चालनको तयारी भएको छ ।

This image has an empty alt attribute; its file name is ककककक.jpg

यस गाउँपालिकाले कोभिड–१९ को संक्रमितलाई मध्येनजर गर्दै दशै तिहारसम्म जोरविजोर प्रणालिबाट सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । गिट्टी वालुवा ठेक्का बन्दोवस्त गर्ने, कवाडी समान ठेक्का वन्दोवस्त गर्ने, सुरक्षित नागरिक आवास कार्यक्रम ८ ओटै वडामध्ये प्रत्येक वडामा २७ घरधुरी र वडा नं. २ लाई २८ घरधुरीका दरले छनौट भएका छन् ।
त्यसैगरि सर्शत अनुदानतर्फ विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि वडा नं. १ को देविभक्त आधारभूत विद्यालय थुम्पाकिमा शौचालय, वडा नं. ४ को सुर्योदय माध्यामिक विद्यालय, वडा नं. ५ को वालवोध आधारभूत विद्यालय र वडा नं. ८ को नेपाल राष्ट्रिय माध्यामिक विद्यालयलाई ४ कोठे भवन निर्माणका लागि छनौट भएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्वाजले बताउनुभयो ।

You may also like