दलित र गैर दलित समुदायमा विवाह जोडीलाई गाउँपालिकाले सम्मान

रोल्पा समाचारदाता
घर्तीगाउँ रोल्पा फागुन १८
माडी गाउँपालिकाको आयोजनामा गाउँपालिकाभरी गैर दलित र दलितबीचमा विवाह गरेकाहरुलाई विवाह जोडीलाई सम्मान गरेको छ । गाउँपालिकाले गाउँपालिकामा भएका दलित र गैर दलित बीचमा भएका विवाह जोडीलाई सम्मान गर्दा सकरात्मक सन्देश प्रवाह भई समाजमा सकरात्मक कार्यको थालनी हुन सक्ने भन्दै सम्मान गरेको हो ।

 


माडी गाउँपालिका भरीका ६ वटा वडाका विवाहित जोडीलाई सम्मान गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पा सदस्य कर्मलाल परियारले दलित समुदायलाई राज्यले विगतमा पछाडि पारेको बताउँदै त्यसलाई अब दलितहरुलाई पनि अधिकार प्रदान गरेकोले अब चुप लागेर बस्ने दिन नभएको बताउनुभयो । उहाँले दलित समुदायलाई राज्यले हरेक क्षेत्रमा प्रोत्साहन स्वरुप कार्यक्रम प्रदान गरेर अगाडि बढाउनु पर्ने बताउनुभयो । साथै उहाँले समाजमा रहेको कुसँस्कारको अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्ने बताउनुभयो । साथै सबैको सहकार्यमा समाज रहेको अन्धविश्वासलाई हताउनुपर्नेमा परियारले जोड दिनुभयो ।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि माडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले समाजलाई सकरात्मक सन्देश दिन कार्यक्रममो आयोजना गरिएको बताउँदै यो पनि एउटा समाज रुपान्तरको एउटा माध्यम भएको बताउनुभयो ।
यसैगरी कार्यक्रममा अतिथि नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष एवं अधिकारकर्मी मानसिंह विश्वकर्माले विगतको वर्णाश्रम व्यवस्थाले गरेर विभेदको कारण दलित र गैर दलित समुदायको व्यक्ति बीचमा भएको विवाह विभिन्न वहानामा समन्धमा विच्छेद भइरहेको समेत बताउनुभयो । दलित समुदायको हक हितका लागि राज्यले ध्यान दिनुपर्ने कुरा औल्याउनुभयो ।
कार्यक्रममा नेकपाका प्रेम घर्तीमगर, गाउँ कार्यपालिका सदस्य धनबहादुर परियार, बन्दना घर्तीमगर, वडा नं. १ का अध्यक्ष आमबहादुर घर्तीमगर, अखिल नेपाल शिक्षक महासंघ माडी गाउँपाकिा अध्यक्ष यज्ञविक्रम डाँगी, दलित महिला वडा सदस्यहरु लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले सामाजिक अभियानलाई पूर्णता दिनका लागि छुवाछुतमुक्त गाउँपालिका निर्माण गर्ने, दलित समुदायको सर्वाङ्गीण विकासका लागि नीति तथा कार्यक्रम तर्जुमा गरिएको कार्यन्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा करिव १५० जोडीहरु रहेको भएपनि ६० जोडीलाई सम्मान गरिएको थियो अन्यलाई वडा स्तरमा गएर सम्मान गर्ने आयोजकले बताएको । कार्यक्रम गाउँ कार्यपालिका सदस्य झग्गु परियारले सञ्चालन गर्नुभएको थियो ।

You may also like