रोल्पा नगरपालिकामा कार्यरत २ जना कर्मचारीलाई कोरोना पुष्टि, १५ गतेसम्म नगरपालिका सिल

रोल्पा नगरपालिकामा कार्यरत २ जना कर्मचारीलाई कोरोना पुष्टि, १५ गतेसम्म नगरपालिका सिल
असोज ६ गते
लिबाङ (रोल्पा) ।

This image has an empty alt attribute; its file name is rolpa-npa-2-1024x585.jpg

रोल्पा, रोल्पा नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि आजदेखि १५ गतेसम्म नगरपालिका सिल भएको छ । कार्यालय बन्दभएपछि सेवाग्रही समस्यामा परेका छन् ।
यस नगरपालिकाले १४ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलनमध्ये ६ जनालाई कोरोना पुष्टि भएको नगर प्रमुख पुर्ण के.सी.ले बताउनुभयो । कोरोना भाइरस नियन्त्रणका लागि नगरपालिकामा आजदेखि १५ गतेसम्म नगरपालिकाबाट प्रवाह हुने सबै सेवाहरु बन्द भएको उहाँले बताउनुभयो । कोरोना पुष्टि हुनेमा यस नगरपालिकाको ३ नं. वडामा १ जना, ६ नं. वडा २ जना र १० वडामा १ जनालाई कोरोना पुष्टि भएको छ । नगरपालिकाका कर्मचारी बाहेक अन्य ४ जना संक्रमितहरु छीमेकी मुलुक भारतबाट घर फर्किएका हुन् । नगरपालिका सिल अवधिमा पढाई सञ्चालन भएका विद्यालयहरु बन्द भएका छन् । संक्रमित व्यक्तिहरुलाई सोही नगरपालिकाको लिबाङ स्थित अस्थायी आइसुलेसन केन्द्र लिबाङमा पठाएको नगर प्रमुख पुर्ण के.सी.ले बताउनुभयो ।
त्यस्तै, २ नं. वडा कार्यालय पनि १५ गतेसम्म सिल भएको वडा अध्यक्ष खिमबहादुर घर्तीमगरले बताउनुभयो । नगरपालिकामा कार्यरत २ जना कोरोना संक्रमित व्यक्तिहरुसँग वडा अध्यक्ष पनि प्रत्यक्ष भेटघाट भएकोले कोरोना संक्रमितको उच्च जोखिमको कारण वडा कार्यालय पनि सिल गरेको उहाँले बताउनुभयो ।
यस जिल्लामा कोरोना संक्रमितको संख्या हालसम्म ११० जना पुगेको छ । ५ जना संक्रमितहरु जिल्ला बाहिरको आइसुलेनमा बसेर कोरोना जिटेर घर फर्किएका छन् । होम क्यारेन्टाइनमा बसेको एक जनाको मृत्युपछि कोरोना पुष्टि भएको थियो । जिल्लाको एक मात्र आइसुलेसन केन्द्र लिबाङमा १०४ जना संक्रमितमध्ये ७५ जना संक्रमितले कोरोना भाइरस जिटेर घर फर्किसकेका छन् । २९ जनाको आइसुलेसनमा उपचार हुँदै छ । जिल्लाको एक मात्र आइसुलेनमा राखिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य छ । पछिल्लो समयमा यस जिल्ला कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

You may also like