उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगर र माडी गाउँपालिका रोल्पाबाट भाबाङका बाढिपहिरो पीडितलाई राहत

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पुनमगर र माडी गाउँपालिका रोल्पाबाट भाबाङका बाढिपहिरो पीडितहरुलाई राहत
भदै २६ गेत
भाबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is b1-1-1024x578.jpg

संघीय सरकार नेपाल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगर र माडी गाउँपालिका कार्यालय रोल्पाले भाबाङको विभिन्न टोलका बाढिपहिरो पीडितलाई आज राहत उपलब्ध विरतण गरेको छ । यस राहतले पीडितहरुलाई दैनिक जीवनयापनमा थप सहयोग पुग्ने भएको छ ।

माडी गाउँपालिका रोल्पा अध्यक्ष नन्दबहादुर पुनमगरले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगर र यस गाउँपालिकाबाट उपलब्ध राहत बाढिपहिरो पीडितहरुप्रति सहानुभुति भएको बताउनुभयो । उहाँले गाउँपालिकाले स्थानीय जनताको समस्यालाई नजिकबाट बुझ्ने र परेको समस्यामा साथ दिने समेत प्रतिवद्वता व्यक्त गर्नुभयो । साथै गाउँपालिकाबाट राहतको काम भैरहेको र पीडितहरुको सुरक्षित बस्ती स्थान्तरणमा मन्त्री पुनमगरको चासो रहेकोले उक्त विषयमा प्रदेश सरकार र गाउँपालिका बीच छलफल भएको गाउँपालिका अध्यक्ष पुनमगरले बताउनुभयो । उर्जामन्त्री पुनले पहिरो गएको स्थानमा भुगर्व विदलाई पठाउने भनेकाले बस्न योग्य नभए बस्ती स्थान्तरणको प्रक्रिया अगाडि बढाउनुपर्ने उहाँको भनाई छ ।
यस्तै, वडा अध्यक्ष भरतबहादुर बुढामगरकाे विशेष पहलमा विदेश तथा स्वदेशबाट धेरै राहत सहयोग भइरहेकोले ति सहयोगी निकायहरुको नामावला तयार भइरहेको जानकारी दिनुभयो । भाबाङमा यहि मनिाको ४ गतेको पहिरो पीडित १९ घर परिवारलाई उर्जा मन्त्रीबाट उपलब्ध एक÷एक बोहोरा चालम, गाउँपालिपकाबाट पनि एक÷एक बोहोरा चामल र एक÷एक ओटा त्रिपाल र एक÷एक पिफम वितरण गरिएको वडा अध्यक्ष भरतबहादुर बुढामगरले बताउनुभयो ।

राहत वितरणमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी गाउँपालिका कमिटी रोल्पाको अध्यक्ष अमरसिंह घर्तिमगर, माडी गाउँपालिका–५ भाबाङ वडा अध्यक्ष भरतबहादुर बुढामगर, बाढिपहिरो पीडित राहत संकलन समितिको संयोजक सविना घर्तीमगर, जनप्रतिनिधि सहितका अन्य सरोकारवाला निकायहरुको उपस्थिति थियो । साथै वडा सदस्य सविना घर्तिमगरको संयोजकत्वमा बाढिपहिरो पीडित राहत संकलन समिति गठन गरी राहत संकलन तीव्रगतिमा भएको वडा अध्यक्ष भरतबहादुर बुढामगरले बताउनुभयो ।

You may also like