गंगादेव गाउँपालिका–२ रोल्पाका २९९ घरधुरीलाई सोलार वितरण

गंगादेव गाउँपालिका–२ रोल्पाका २९९ घरधुरीलाई सोलार वितरण
साउन ५ गते
लिबाङ–रोल्पा


गंगादेव गाउपालिका–२ रोल्पामा २९९ घरधुरीलाई ५० वाटको सोलार सेट वितरण हिजो गरिएको छ । अब ति परिवारमा अध्यारोमुक्त बन्ने भएका छन् ।
प्रमुख अतिथि यस गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले सोलार बितरण कार्यक्रममा आर्थिक सहयोग गर्ने आसा प्रोजेक्टलाई धन्यवाद दिनुभयो । गाउँपालिकाले सबै वडालाई आवश्यकता आधारमा प्राथमिकता दिने बताउँदै स्थानीय सरकार जनताको लागि प्रत्येक्ष सरोकार राख्ने निकाय भएको उहाँले दाबी गर्नुभयो । विद्युतको पहुँच नपुगेका ठाउँमा अध्यारोमुक्त गर्न सोलार वितरण गरिएको वडा अध्यक्ष भुपाल दमाइले बताउनुभयो ।

यस वडाको बडामेलामा ९९ घर, घरबिर टोलमा ६६, डाँडागाउँमा ३४ र ओइलाममा १ सय घरधुरीलाई सोलार वितरण गरिएको छ । आसा प्रोजेक्ट रोल्पाको आर्थिक सहयोगमा २९९ घरधुरीलाई ५० वाटको एक÷एक सेट सोलार वितरण गरिएको हो । ५० वाटको सोलारको भ्याट रकम २०५ कादरले तिरेको वडा अध्यक्ष भुपाल दमाईले बताउनुभएको गाउँपालिका प्रेस संयोजक अशोक वली ‘परिवर्तन’ले जानकारी दिनुभयो ।

You may also like