११ जनाले नेपाली काँग्रेस पार्टी परित्याग नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)मा प्रवेश

११ जनाले नेपाली काँग्रेस पार्टी परित्याग नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)मा प्रवेश
साउन ६ गते
लिबाङ–रोल्पा


नेपाल काँग्रेस पार्टीको ११ जना कार्यकर्ताहरुले आज पार्टी परित्याग नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)मा प्रवेश कर्यक्रम सुनिल स्मृति गाउँपालीका–३ ओखारी पलासें रोल्पामा सम्पन्न भएको छ ।
यस कार्यक्रमका प्रमुख नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) सुन्छहरी गाउँपापिलका अध्यक्ष मनिराम बुढाथोकीले नेपाली काँग्रेस पार्टी परित्याग गरेको ११ जना कार्यकर्तालाई अविरल्यापण गरी पार्टी प्रवेश गराउनुभएको हो । सोही दिन नै हिमाल घर्तीको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय युवा संघ ओखारि पलासे सानो लिबाङ टोल कमिटि गठन समेत भएको छ । नब गठित राष्ट्रिय युवा संघ टोल कमिटी लाई सफल कार्यकालको हार्दिक शुभकामना समेत प्रमुख अतिथि बुढाथोकीले व्यक्त गर्नुभयो ।

यस कार्यक्रममा पार्टी नेता तथा कार्यकताहरुको सहभागिता थियो । पछिल्लो समयमा यस जिल्लाको विभिन्न स्थानीयतहरुमा नेपाली काँग्रेस पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)मा प्रवेश गर्नेको लहर बढेको छ । यसले आगामी दिनमा पनि पार्टीको हरेक गतिविधिहरु सञ्चालनमा थप सहयोग पुग्ने छ ।

You may also like