थबाङ गाउँपालिकाले राष्ट्रिय गीत र ताली बजाएर अत्यावश्यक सेवामा याेगदान दिनेलाई सम्मान

बिमल राज डाँगी
१ वैशाख, थबाङ रोल्पा ।


थबाङ गाउँपालिका कार्यालय थबाङ रोल्पाले नयाँ वर्ष २०७७ सालको पावन अवसरमा चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा पु¥याउएनेको  अमूल्य याेगदानकाे   सम्मानमा स्वरूप  राष्ट्रिय गीत गाएर र ताली बजाएर सम्मान गरेका छ । यस कार्यले ति चिकिसत्क, नर्स, तथा अत्यावश्यक सेवामा अावद्द भएका र अन्य सराेकारवाला नियकायहरूलाई आफ्नो सेवामा सक्रिय भुमिका निर्वाहका लागि थप प्राेत्साहन  गर्ने भएको छ ।
यस कार्यक्रममा यस गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती, स्वास्थ्य संयोजक तुलबहादुर पुन, स्थानीय बुद्धिजीवी रेशम शाह सहित यस गाउँपालिकामा कार्यरत कर्मचारीहरुका सहभागितामा राष्ट्रिय गीत तथा ताली बजाएर सम्मान गरिएको हो । संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई संघीय सरकार सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन गरेर सबैले यसकार्यक्रमा सामेल हुन आग्रह गरे पश्चात् यस थबाङ गाउँपालिकाले पनि यस कार्यक्रम सम्पन्न गरेको हो । ग्लोबल कम्प्याक्ट नेपालले नयाँ वर्षको दिन आज बिहान ८ः०० बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाए पश्चात् सबैले एक साथ ताली बजाउनुपर्ने प्रधानमन्त्रीले आह्वान गर्नु भएको थियो । उक्त कार्यक्रममा आफ्नो स्थानबाट सहभागी हुन सवैलाई आह्वान गर्नु भएको थियो । सोही अनुरुप आज देभभरि यो कार्यक्रम सम्पन्न भएका छन् ।

You may also like