नेपाल लोक स्टार विजेताकोे लागि अभियान्ताका साथमा शनि विश्वकर्मा

रोल्पा समाचारदाता
लिबाङ रोल्पा
कात्तिक १ गते


आइ.एम.इ. नेपाल लोक स्टारको फाइनल राउण्डमा ४ जना प्रतियोगी पुगेका छन् । हजारौ प्रतिस्पर्धिलाई पछिपार्दै रोल्पाका शनि बिश्वकर्मा, स्याङ्जाका चेतन गोतामे, उदयपुरका बिनोद दनुवार र रामेछापका रामकुमार नेपाली पहिलो सिजनको फाइनलमा पुगेका हुन् । सानै उमेरमा स्वरका धनिका रुपमा दर्शक तथा मतदाताले रुचाएको प्रक्रिया दिएपछि शनि विजयको नजिक पुगेका शनिका अभियान्ताहरुले दावी गरेका छन् ।


लोक स्टारका ४ जना प्रतियोगीहरुलाई बिजेताका लागि यतिबेला भोटिंग खुल्ला गरिएको छ । प्रतिस्पधिहरु भोट माग्न देश दौडाहामा छन् । देश विदेशबाट आफ्नो मनपर्ने लोक स्टार चुन्न भोटिंग गरिरहेका छन् । आगामी फाइनल भोटमा निर्भर रहने भएको हुँदा जसको पक्षमा नागरिकको भोट बढी आउछ सोही व्यक्ति पहिलो आइ.एम.इ.नेपाल लोक स्टार बन्ने छन् र ५० लाख हात पार्नेछन् ।
कलिलो उमेरमै अनि रोल्पा जिल्लाका विभिन्न कार्यक्रम तथा प्रतियोगितामा दख्खल राख्दै आएका मिठो स्वरका धनि रोल्पा नगरपालिका ८ जंकोटका शनि बिश्वकर्मा ४ प्रतियोगी मध्यबाट पहिलो हुने एक दाबेदार हुन् । क्षमतालाई मात्रै आधार मान्ने हो भने उनको क्षमता र दक्षताको आधारमा पहिलो नेपाल लोक स्टार बिजेता हुन सक्ने अभियान्ता कर्मलाल परियारले बताउनुभएको थियो । उनको गृह जिल्ला रोल्पा लगायत नेपालका अनि विश्वको विभिन्न स्थानबाट मतका लागि आर्थिक संकलन भइरहेको बताइएको छ । शनि विजय गराआँै केन्द्रीय अभिानका प्रमुख नविन खड्काले जसरी पनि शनिलाई विजय गराउनको लागि लागि परिरहेको बताउननुभयो । शनिलाई रोल्पा जिल्लाका स्थानीयहरुले पनि कार्यपालिकाको निर्णय गरेर नै आर्थिक सहयोग प्रदान गरेका छन् । शनिका लागि रोल्पा जिल्लाबाट प्रतिनित्व गर्ने मन्त्री, प्रदेश सभा सदस्य, रोल्पा नगरपालिका लगायत रोल्पा जिल्लाका अन्य गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सरकारी तथा गैर सरकारी कार्यालय, नागरिक समाज विभिन्न सामाजिक संघ संगठनहरु लागेका छन् ।


शनिका लागि दाङ, प्यूठानका जिल्लामा पनि व्यापक रुपमा लागेका शनि विजय गराऔँ अभियान्ता कैलाश जिएमले बताउनभुभयो । रोल्पा जिल्लामा पनि होलेरी, गैरीगाउँ, घर्तीगाउँ, पुत्लाचौर, लिबाङ, सुलिचौर, भिंग्री, भालुबाङ लगायतका कार्यक्रम गरी अगाडि बढेको छ ।
शनिलाई भोट गर्नका लागि नेपालबाट आइएइ पे एप डाउनलोड गरि भोट गर्न सकिनेछ । नेपालमा रहेका मोबाइल प्रयोगकर्ताहरुले एल टाइप गरि एक स्पेश दिएर २४ लेखि ३७००० मा पठाउन सकिनेछ । भारतमा रहनेले सोहि तरिका अपनाएर ५३०१० मा मेसेज पठाएर भोट गर्न सकिनेछ । त्यसैगरी कतारमा रहने नेपालीहरुले सोहि उपाय अपनाएर ९२३०० मा पठाउन सक्नुहुन्छ । साथै सहयोग गर्न चाहने तर गर्न नमिल्ने देशबाट शन्नी बिकको मोबाईलमा रिचार्ज गरेर सहयोग गर्न सकिनेछ । आफूलाई मतदान एवं केही कुरा बुझ्न चाहेमा ९८१०९१४२२७ सम्पर्क गर्नका लागि अनुरोध गर्नुभएको छ ।

रोल्पा समाचार साप्ताहिकका प्रकाशशक सम्पादक मानसिंह विश्वकर्माले पनि शनिलाई विजय गराउनको लागि आफ्ना समाचारतर्फका सबै पत्रकार र अन्य अभियान्ताहरुलाई लाग्नका लागि समाचारको तर्फबाट अपिल गर्नुभएको छ । विश्वकर्मा भन्नु हुन्छः–“शनि विश्वकर्मा रोल्पा र देशको सम्पत्ति हुनुहुन्छ, शनिको संरक्षण र विजेताका लागि लाग्नु पर्दछ”
कला र गलाका अधारमा शनि विश्वकर्मा विजयको नजिक पुगेका छन् । सबैले शनिलाई विजय गराउन आफूले गर्ने खर्चबाट कटौटी गरे शनिलाई भोट गरेमा शनिको विजय निश्चित छ ।

“हाम्रा फजुल खर्च घटाएर शनिलाई भोट गरौँ !
कला, गलाको धनी शनिलाई नेपाल लोक स्टारमा विजेता बनाअँै ।”

–रोल्पा समाचार साप्ताहिक परिवार

You may also like