सरोकारवाला निकायहरुद्वारा कृषि र पशु सम्बन्धिका कृषक समूहहरुको कार्यको अनुगमन

रोल्पा समाचारदाता
१४ असार २०७५

रोल्पा जिल्ला कृषि बिकास कार्यालय रोल्पा र जिल्ला पशुसेवा कार्यालय रोल्पाको संयुक्त आयोजनामा सरोकारवाला निकायहरुद्वारा अनुगमन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । रोल्पाका विभिन्न क्षेत्रमा रहेका सफल कृषकहरु, कृषक समूह, पशुपालन ब्यवसायी कृषकहरु र बाख्रापालन समूह लगायतका स्थानमा पुगेर प्रत्यक्ष अनुगमन गरिएको छ ।
जिल्ला समन्व्य समितिका प्रमुख राजबहादुर बुढाको नेतृत्वमा जिल्ला पशुसेवा कार्यालय प्रमुख डा. गान्धीराज उपाध्याय, जिल्ला कृषि बिकास कार्यालय प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत लालकुमार श्रेष्ठ, कृषि प्रसार अधिकृत रबिन्द्र पौडेल, जिल्ला पशुसेवा कार्यालय रोल्पाका डा. धर्मराज गीरी, किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमका चिरन्जीवी पौडेल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जोन मकै रोल्पाका महेन्द्र बुढा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिह बिक, उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष विश्व चन्द, पत्रकार नविन लोचन, उमा केसी, देवी गुरुङ विभिन्न मिडियामा कार्यरत पत्रकारहरु लगायतको सहभागितामा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
टोलीको नेतृत्व गरिरहेका जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले अनुगमन पश्चात प्रतिकृया दिदै रोल्पा प्राकृतिक रुपले धनी भएको हुँदा यहाँका कृषकहरुले त्यसको सही सदुपयोग गर्न सके देशमै सुन फल्ने बताउनुभयो । रोल्पाका किसानहरु पौरखी र अनुशाशीत समेत रहेको बताउँदै थोरै सहयोग र मार्गनिर्देशन प्राप्त गरेका कृषक समूहरुले तथा कृषकहरुले राम्रो कार्य गरेर देखाउन सक्ने बताउनुभयो । जिल्ला कृषि बिकास कार्यालय रोल्पा, किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम रोल्पा, जिल्ला पशुसेवा कार्यालय रोल्पा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रोल्पा लगायतले आर्थिक, प्राविधिक र विभिन्न सहयोग गरेका स्थानका कृषक समुहहरुको कार्य देख्दा निकै उत्साहित भएको बुढाले बताउनुभयो । देशमै रहेर युवाहरुले मनग्य आय आर्जन गर्न सकिने भएकाले कृषि नै सबै भन्दा उत्तम उपाय रहेको जिसस प्रमुख बुढाको भनाई छ । अनुगमन टोलीले रोल्पानगरपालिका कोटगाउँमा रहेको कोटगाउँ बाख्रापालन समूह, लेकाली बाख्रापालन समूह गैरीगाउँ, माछेमा कृषक समूह गैरीगाउँ, शिवगुफा किसान सूुह बुढागाउँ, त्रिवेणीगाउँपालिकाका विभिन्न कृषक समूह, तरकारी उत्पादन एवम संकलन केन्द्र लगायतका स्थानमा अनुगमन गर्दै त्यहाँका कृषकहरुसँग भेटघाट गरेको छ । ती कृषक समूहहरुले अनुगमन टोलीलाई फुलमालाले स्वागत गर्दै आफना अनुभवहरु सुनाएका छन् । उनीहरुले विभिन्न समस्याहरुलाई समेत सरोकारवाला निकायहरुको माझमा राखेका छन् ।
रोल्पा जिल्लामा पशु पालन र कृषि पेशालाई आत्मनिर्भर बनाउनका लागि सबै किसानहरुले आग्रा गरेका थिए । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाबाट माडीचौरमा मकै खती, जिल्ला पशु सेवाका कार्यालय रोल्पाको पहलम कोटगाउँ बाख्रा पालन समूहमा करिव १२५ जना सदस्यहरुले करिव ३१ लाखको आम्दानी र ६ करोड पुजी वरावरको बाख्रा रहेको बताएको छ । यसैगरी रोल्पाको गैरीगाउँमा लेकाली बाख्रा पालन समूहद्वारा सञ्चालित लेकाली बाख्रापालन फर्म अबलोकन गरिएको थियो । सो फार्ममा रहेका उन्नतजातका बाख्रापालनका लागि राम्रो बन्दै गएको बताउँदै त्यसलाई अभै सकरात्मक बन्दै गएकोलाई अझै नयाँ ढंगले विकास गर्नुपर्ने आवश्यक रहेको छ ।
यस्तै रोल्पा जिल्लाको त्रिवेणी ७ को रिची टिलाको माछेमुल समूहद्वारा उत्पादन गरिएको तरकारी, शिवगुफा कृषक समूहद्वारा उत्पादन गरिएको मकै बीउ भण्डारण, बुढागाउँको तरकारी खेती बुढागाउँको मकैबाली अनुगमन गरिएको थियो । सो अनुगमनमा पशु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय रोल्पा, किसानका लागि उन्नत बीउ विजन कार्यक्रम केयूविके, प्रधामन्त्री कृषि आधुनिकरण परियोजनाबाट सहयोग गरिएको समेत कृषकहरुले बताएका थिए ।

You may also like