मोहन गाउँले मगर
लिबाङ, रोल्पा
प्रथम राष्ट्रिय पत्रकारिता दिवश २०७३ अवसरमा रोल्पा जिल्लामा विबिध कार्यक्रम गरि मनाइएको छ । पहिलो पटक सरकारले २०७३ साल बैशाख २३, २४ र २५ गतेको दिनलाई पत्रकार दिवस मनाउने निर्णय गरेपछि रोल्पामा पनि विभिन्न कार्यक्रम सम्पन्न गरी मनाइएको हो ।
नेपालमा १९५८ बैशाख २४ गते पहिलो पटक गोरखा पत्र प्रकाशन भएको दिनलाई केन्द्रविन्दुमा राखेर पत्रकारिता दिवस मनाउन थालिएको हो । शनिबार विहान प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी २५ गत लिबाङमा समापन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षतामा मूल आयोजक समारोह समिति गठन गरिएको थियो । प्रथम राष्ट्रिय पत्रकारित दिवस २०७३ को अवसरमा प्रथम पत्रकारिता दिवस समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षता प्रथम राष्ट्रिय दिवश–२०७३ को समापन गरिएको हो । नेपाल पत्रकार महासंंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेको रोल्पा जिल्लाको पत्रकारिताको विकास, समस्या, चुनौतीमा अधारित कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । स्थानीय विकास अधिकारी शुसील वैद्यले नेपालको विकास निर्माणमा पत्रकारको रचनात्मक भूमिका निर्वाह गरिरहेको हुनाले आगमी दिनमा पनि निष्पक्ष समाचारका लागि आफ्ना कलम चलाउनु गर्नुपर्ने आवश्यकता औल्याउनु भएको थियो । उहाँले जिल्लाका सञ्चार माध्यमको विकासका लागि जिल्ला विकास समितिले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपालको सरकारले निष्पक्ष समाचारमा कलम चलाउने पत्रकारको भूमिकालाई उच्च मुल्याङ्कन गर्दै सम्मान गर्दा पकारलाई निष्पक्ष समाचार प्रवाह गर्नमा प्रेरित गर्ने पनि बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पा संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्वअध्यक्ष खेम बुढामगर, निवर्तमान अध्यक्ष मौसम रोकामगर लगाएतका अतिथिहरूले मनतव्य राख्नु भएको थियो । प्रभातफेरी कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका प्रतिनिधि किशोर आचार्य, नेकपा (एमाले) रोल्पा जिल्लाको सचिवालय सदस्य मनसिङ डाँगी, एकीकृत नेकपा माओवादी रोल्पाका सचिव पुरण क्षेत्री, राप्रपा रोल्पा जिल्लाका उपाध्यक्ष पूर्णे पुनमगर, नेपाल परिवारदलका प्रतिनिधी खिमबहादुर कवँर, जलजला बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद न्यौपाने, जिल्ला प्रहरी कर्यालयका प्र.ना.उ रामप्रसाद घर्तीमगर, अनुसन्धाना कार्यालय रोल्पाका अनुसन्धान अधिकृत नरेन्द्रराज गिरी सहित जिल्ला स्थितका सरकारी कार्यालय रोल्पा प्रमुख एवं प्रतिनिधि, जिल्लाका प्रत्रकार एवं सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ रोल्पाकी सचिव इश्वरी जि.एम. को सञ्चालन भएको समापन कार्यक्रममा सहभागिता भएका सहभागिहरूलाई स्वागत नेपाल पत्रकार महासंघ रोल्पाका कोषाध्यक्ष माधव वलीले स्वागत गर्नुभएको थियो । बक्ताहरुले पत्रकारहरुले पनि आफ्नो पेशालाई मर्यादित बनाउँदै खराव एवं गलत प्रवृत्तिको विरोधमा आवाज उठाउनका लागि आग्रह गर्नुभएको थियो । रोल्पा जिल्लाको पत्रकारिता क्षेत्रलाई सुधार गर्नका लागि सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
पत्रकारिता दिवसकै अवसरमा जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्ने सहभागिहरुले पत्रकारिता दिवसको अवसरमा जलजला क्याम्पस लिबाङ रोल्पामा स्नातक एवं स्नाकोत्तर तहमा पत्रकारिता विषय अध्यापन हुनुपर्ने, क्याम्पस भवन हस्तातरण एवं क्याम्पसको समस्याका बारेमा समाधान गरिदिनका लागि सरोकारवालालाई आग्रह गरेका छन् । विद्यार्थी मोहनचन्द्र घर्तीमगरले क्याम्पसको भवन निर्माण भएपनि पूर्णरुपले निर्माण हुन नसकेका, हस्तातरण नभएको, शौचालय, पानीको अभाव भएकोले पत्रकारहरुले विषय उत्थान गरेर सरोकारवाला निकायलाई दवाप दिनुपर्ने बताउनुभयो । यस्तै अरु विद्यार्थीहरुले पनि दिवशभन्दा पनि आफ्नै क्याम्पसका बारेमा कुरा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला हुलाक कार्यालय रोल्पाका प्रमुख रमा आचार्य, जलजला बहुुमुखी क्याम्पस लिबाङ रोल्पाका प्रमुख कृष्णप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर, सल्लाहकार मानसिंह बिक, निवर्तमान उपाध्यक्ष हिराबहादुर घर्तीमगर लगायतले बोल्नुभएको थियो । बक्ताहरुले नेपालको सञ्चारमाध्यम एवं्र सञ्चारकर्मीहरुले परिवर्तनमा अहम योगदान दिएको बताउनुभयो । कार्यक्रममा महासंघका अध्यक्ष महेश न्यौपानेले स्वागत एवं विषयबस्तुबारेमा जानकारी गराउनुभएको थियो भने दिवस समारोहका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव इश्वरी जिएमले गर्नुभएको थियो ।
प्रथम पत्रकारिता दिवस समारोह समितिका अध्यक्ष जिल्ला प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अगुवाइमा जिल्ला अस्पतारल रेघामा रहेको विरामिलाई फलफूल प्रदान गरिएको थियो । जिल्ला अस्पातलका १० जना विरामी र २ जना सुत्केरीलाई फलपूmल प्रदान गर्दै विरामीको स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको थिए । सो फलपूmल कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्वअध्यक्ष खेम बुढमगर, पूर्वउपाध्यक्ष हिरा बहादुर घर्तीमगर, स्थानीय विकास अधिकारी शुसील वैद्य, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्र.ना.उ रामप्रसाद घर्तीमगर, अनुसन्धान कार्यालय रोल्पाका अनुसन्धान अधिकृत नरेन्द्रराज गिरी, लिबाङ नगरपालिका कार्यालयका अधिकृत निम बहादुर के.सी, जिल्ला हुलाक कार्यालय प्रमुख रमा आचार्य लगाएतका सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।