टुडिखेलको निर्माण कार्य शुरुवात सँगै सडक उद्घाटन

रोल्पा समाचारदाता
२०७४ पौष १६ रोल्पा
विगतदेखि सबैको सपना बनेको टुडिखेल ग्रीण पार्क बनाउने कार्यको शुरुवात भएको छ । टुडिखेल विस्तार अभियान रोल्पा नगरपालिकाले सञ्चालन गरेको हो । स्थानीयतहको निर्वाचसम्पन्न पछि रोल्पा नगरपालिकाको पहिलो कार्यभार बनेको टुडिखेल ग्रीण पार्क निर्माण कार्यले तिव्र गति लिदँै छ ।


रोल्पा नगरपालिकामा नगर प्रमुखमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उमेद्वार बन्नुभएका पुर्ण केसी नगर प्रमुखमा र उप्रमुखमा मनकुमारी घर्ती विजय भएपछि टुडिखेल विस्तार अभियानले तिव्रता पाएको हो । टुडिखेल विस्तार अभियानले टुडिखेल पराकिला, घेरबार, सडक निर्माण लगायतको कामहरु सम्पन्न भइसकेको छ । रोल्पा नगरपालिको योजना तथा आर्थिक लगानीमै टुखिखेल विस्तार अभियान (क) र (ख) गरी २७ लाखको योजना योजनामा निर्माण गरिएको टुडिखेल एवं सडकको उद्घाटन प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले गर्नुभयो । कहिले पत्रकारले त कहिले सञ्चारकर्मीले व्यंगस्वरुप हिलाम्मे टुडिखेलमा धान त कहिले फूल रोपेका थिए । हाल सुधारिएको टुडिखेलको उद्घाटन शनिबार सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगर ‘सिजल’ ले रोल्पा जिल्लाको टुडिखेल सबैको शान बनेको बताउँदै यसलाई सबैले संरक्षण र विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भौतिक संरचना सहित रोल्पा नगरवासीको रहन, सहन तथा चालन चलनमा पनि नमूना हुनु पर्नेमा जोड दिनुभयो ।
यस्तै रोल्पा नगरप्रमुख पुर्ण केसीले आफ्नो चुनावी प्रतिवद्धता अनुसार नै गाउँ र शहरको विकासलाई समानुपातिक रुपमा रुपमा विकास गरिरहेको बताउनुभयो । उहाँले रोल्पाको टुडिखेललाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभो । अझै यसको विकास र विस्तारमा कार्य वाँकी भएपनि थालनी भइसकेको बताउनुभयो । उहाँले अगामी दिनमा अझै यसको विस्तार विकासका लागि नयाँ ढंगले विकास गरिने बताउनुभयो ।
यस्तै पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिकले रोल्पा जिल्लाको मुटु टुडिखेलमा हिलाम्मे हुँदा वर्षातको समयमा पत्रकारहरुले ध्यान र साहित्यकारहरुले फूल रोपेको स्मरण गराउँदै हाल टुडिखेल विस्तार अभियानले सकरात्मक प्रभाव पारेको बताउँदै विगतमा पनि पनि सुधारको लागि निरन्तर सामाचार सम्प्रेसन गरेका सञ्चारकर्मीहरुले अब पनि समाचार प्रकाशन, प्रशारण गरी योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा रोल्पा नगरपालिका उपप्रमुख मनकुमारी घर्तीमगर, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाल, प्रमुख प्रशासकीय अधिृत कमानसिंह थापा लगायतको आतिथ्यता समेत रहेको थियो ।
टुडिखेलको डिजाइन इन्जिनियर मुक्तिराम कवरले गर्नुभएको थियो । कार्यक्रम टुडिखेल विस्तार अभियानका अध्यक्ष गंगा सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव फविन्द्र आचार्यले गर्नुभएको थियो ।

You may also like