पोबाङमा ५ सैया अस्पतालको भवनको सिलान्यास

पोबाङमा ५ सैया अस्पतालको भवनको सिलान्यास
जुनिश कुमार विष्ट
मङ्सिर १५ गते (पोबाङ)


This image has an empty alt attribute; its file name is j1-2.jpg

रोल्पा, सुनछहरी गाउँपालिकाको पोबाङ निर्माण हुने ५ सैया अस्पताल भवनको शिलान्यास उपराष्ट्रपति कार्यालयको स्वकीय सचिव सुक बहादुर रोकामगरले गर्नुभएको छ ।
यस भवनको निर्माण कार्य आगामी वर्षको असार महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो । संघीय सरकारबाट पोबाङ स्वास्थ्य चौकीलाई स्तर उन्नतिको लागि रु ७० लाख रकम विनियोजन भएको छ । यो स्वास्थ्य चौकी २०४५ सालाम स्थापना भएको थियो । यस ठाउँमा स्वास्थ्यक निर्माणभन्दा पहिले जिल्ला स्वास्थ्य कार्यालयले साविक सेरम गाउँ विकास समितिमा स्थापना गरेको थियो । स्थानीय बुद्धिजीवी सुनबहादुर पुनमगरले पोबाङमा स्वास्थ्य चौकी स्थापना भएपछि स्वास्थ्य चौकीको आफ्नै भवन नभएकोले स्थानीय सरु पुनको घरमा ३ वर्ष घरभाडामा लिएर स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो । स्थानीय अगुवाको पहलमा साविक जिल्ला विकास समितीले आर्थिक अनुदान प्रदानबाट स्वास्थ्य चौकीको लागि आफ्नै दुई वटा भवन निर्माण पश्चात् आफनै भवनबाट सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is j2-3.jpg

अहिले पोबाङ स्वास्थ्य चौकीबाट दिइने सेवाहरु प्रवधनात्मक सेवा, प्रतिकारात्मक सेवा, उपचारात्मक सेवा जस अन्तर्गत ओपिडी सेवा, खोप सेवा, गर्भवती जाँच सेवा, सुत्केरी जाँच सेवा, सुरक्षित मातृत्व सेवा, गाउँघर क्लिनिक सेवा, परिवार नियोजन सेवा, प्राथमिक उपचार सेवा, किशोरकिशोरी मैत्री सेवा, टिभि उपचार सेवा, कुष्ठरोग उपचार सेवा, योन रोग तथा एच.आइ.भि. एड्स सेवा, वृद्धि अनुगमन सेवा, राष्ट्रिय भिटामिन ए कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, महामारी नियन्त्रण कार्यक्रम, पोषण सेवा, बालरोग तथा नवजात शिशु स्याहार सेवा लगाएतका सेवा रहेको गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले बताउनुभयो । यस स्वास्थ्य चौकीमा कार्यालय सहयोगी सहित छ जनाको दरबन्दी रहेको छ । अस्पतालको भवन सिलान्यासमा विभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष आश बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कार्यक्रममा सञ्चालन प्रमुख प्रसाकीय अधिकृत वीर बहादुर पुनले गर्नुभएको थियो ।

You may also like