“धन्यवाद मलाई विजय बनाउनु भयाे मैले जनताकाे भवाना अनुसार काम गर्नेछु ” –प्रदेश सभा सदस्य दीपेन्द्र पुन


रोल्पा समाचारदाता
मंसिर १८ रोल्पा


तत्कालीन नेकपा (माओवादी) केन्द्र) का पोलिट व्यूरो सदस्य एवं रोल्पा प्रदेश (ख) का स्वतन्त्र विजयी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले आफूलाई मतदात गर्ने र रोल्पा (ख) का आम जनतालाई धन्यवाद दिर्दै आफूलाई जनताले विजयी बनाएकोले जनताको भावना अनुसार काम गर्ने बताउनुभयो ।
यस्तो कुरा प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पा प्रदेश सभा (ख) निर्वाचन क्षेत्रमा भएका विभिन्न धन्यवाद कार्यक्रमहरुलाई संम्वोधन गर्दै बताउनुभएको हो । उहाँले भन्नुभयो:–“जनतानै इतिहासका निर्माता भएकाले रोल्पाले पनि यस पटक पनि आफ्नो इतिहास निर्माण गरेको आफू एउटा पात्र मात्रै भएको बताउँदै जनतालाई कहिले पनि अन्याय गर्दिन । म सधै जनता, माओवादी आन्दोलनको पक्षमा नै रहने प्रतिवद्धता व्यक्त गर्दछु ।”


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तत्कालीन् पोलिट व्यूरो सदस्य दीपेन्द्र कुमार पुनमगरले नेपाली कांग्रेसलाई सिट प्रदान गरेपछि राजीनामा दिएर स्वतन्त्र उमेद्वार मनोनय दर्ता गराउनुभएको थियो । निर्वाचनबाट प्रदेश सभामा विजयी भएपछि आफ्नो निर्वाचन क्षेत्रका मतदाता एवं शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुभएको छ । आम मतदातालाई सम्वोधन गर्दै जनताको बीचमा गरेको प्रतिवद्धतालाई पुन सकेजति पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले आफूले कुनै पनि पार्टीमा प्रवेश नगरी स्वतन्त्र रुपमा जनताको सेवा गर्ने बताउनुभयो । साथै उहाँले रोल्पा जिल्लामा माओवादी पार्टीको मतदाताहरुको रक्षा गरेको बताउँदै त्यसकै आधारमा आफूलाई मतदान दिने सबै जनताको काम गर्ने बताउनुभयो । उहाँले गाउँ गाउँबाट जनताको कामलाई नै पहिलो प्राथमिकता दिएर काम गर्ने बताउँदै त्यसका लागि समाजका अगुवाहरुले आफूलाई सहयोग गर्न अपिल गर्नुभयो । उहाँले थबाङदेखि जिनाबाङसम्म र दक्षिण ग्वारखोलासम्मका जनताले मतदान प्रदान गरेकोले बताउँदै विकासका दृष्टिले प्राथमिकता दिई काम गरिने बताउनुभयो ।
कार्यतालिका नै बनाएर आम मतदातालाई धन्यवाद व्यक्त गर्ने कार्यक्रम रहेको बताउनुभएको छ । रोल्पाको दक्षिण भाग रुन्टीगढी होलेरीबाट शुरुवात गरेको धन्यवाद कार्यक्रम रोल्पा नगरपालिकामा गएर टुङ्गिने बताउनुभएको छ । १५ गते रोल्पाको होलेरीमा भएको धन्यवाद, दहवन, १६ गते त्रिवेणी गाउँपालिकाको गैरीगाउँ लगायतको स्थानमा गरी सक्नु भएको छ । यस्तै १७ थबाङ गाउँपालिकाको विभिन्न वडामा भेटघाट गर्ने कार्यक्रम रहेको छ । आज परिवर्तन गाउँपालिका, १९ गते गंगादेव गाउँपालिका, २० गते माडी गाउँपाकिलाको विभिन्न वडामा भेटघाट गर्ने कार्यक्रम रहेको बताउनुभएको छ ।
यी गाउँपालिकामा पुग्दा सरोकारवाला अगुवा तथा मतदाताहरु आफै सहभागी भएका थिए । जनतालेहरुले गाउँको विकासमा सधै लाग्न र प्राथमिकतका साथ सबै स्थानीयतहो विकास गरार्य दिनका लागि अनुरोध गरेका छन् । जनताको भावना, कार्यकताहरुको सुझाव, मतदाताको अपेक्षा अनुसार काम गर्नका लागि सहभागीहरुले सुझाव दिनुभएको छ ।
उहाँले धन्यवाद कार्यक्रम गरी अर्काे पटक फेरी विकास निर्माणको बारेमा छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।

You may also like