एसएलसी सम्म सबै केटीलाई दिदि भन्थे सन्तोष लामा ।

सन्santosh-lamaतोष लामा, नेपाली सांगितिक क्षेत्रमा चिनिएको नाम हो । देशब्यापी साँगितिक प्रतिस्पर्धा, नेपाली ताराको सिजन २ जितेपछि उनको सांगितिक यात्रा सुरु भएको हो । यस अबधीमा उनले सयौँ गीत गाएका छन् । मीठो स्वरले धेरैको मन जितेका छन् ।

हामीलाई मन पर्ने कलाकारको जीवनयात्राका प्रसंग रमाईला लाग्छन् । कुनै पनि कलाकार, बाल्यावस्थामा कस्ता थिए ? किशोरावस्था कसरी बिताए ? लगायतका प्रश्न हाम्रो मनमा आउँछ नै । आज हामीले गायक सन्तोष लामा किशोरावस्थामा कस्ता थिए ? भन्ने बारे जान्ने प्रयास गरेका छौँ ।

सन्तोषको किशोरावस्था सामान्य तरीकाले नै बित्यो । स्वास्थ्य तथा मनोवैज्ञानिक बिज्ञहरुका अनुसार, किशोरावस्था आफैँमा एउटा जटिल समय हो । यसै बेला ब्यक्तिको शरीर र आनीबानीमा धेरै परिवर्तनहरु देखिन्छन् । यस्ता परिवर्तनलाई अस्वभाविक ढंगले लिन पुग्दा कतिपयले नराम्रो परिणाम पनि भोग्छन् । उनको जीवनमा पनि त्यसबेला स्वभाविक परिवर्तनहरु आए अनि भोगे पनि । उनी, त्यसैताका बिपरित लिङ्गीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको सम्झन्छन् । भन्छन्– म स्कुले जिवनमा एक जना केटीलाई मन पराउँथे । भन्न सक्दिनथेँ । कीनकी म डराउँथे । उनले अस्विकार गरे के गर्ने ? भईरहेको साथीको सम्बन्ध पनि समाप्त भयो भने के गर्ने ? त्यसैले म कुनै केटी मन परे पनि दिदी नै भन्थेँ । एउटै कक्षामा पढ्ने साथीलाई दिदी भनेको कतिलाई मन पर्दैनथ्यो । तर, उनी त्यसै भन्थे । कीन की उनलाई मनको कुरा पोख्न असजिलो लाग्थ्यो । डर लाग्थ्यो । उनका ती केटी साथीहरु पनि फ्रेण्डली थिएनन् । विपरीत लिङ्गीसँग खुलेर कुरा गर्न हिचकिचाहट हुन्थ्यो,उनीहरुलाई ।

एस.एल.सी. पछि भने बल्ल उनलाई आफु परिपक्क हुँदै आएको महशुस भयो । एसएलसी पछि नै हो सन्तोषले आफ्ना केटी साथीहरुलाई दिदी भन्न छाडेको । उनी सम्झन्छन्– किशोरावस्थामा हाईट, छालाको रङ जस्ता कुरादेखि लिएर करियरसम्मका बिषयलाई लिएर तनाब हुन्छ । यस्तोबेला, केटामान्छेलाई आफु परिपक्व देखियोस् भन्ने हुन्छ भने केटीहरुमा म राम्री कसरी बन्ने भन्ने कुरा मनमा खेल्ने उनको अनुभव छ ।सन्तोषलाई पनि किशोरावस्थामा राम्रो कसरी देखिने भन्ने चिन्ता रहन्थ्यो । त्यसैले उनले त्यही ताका जिम जान थालेका हुन् । उनलाई आकर्षक ज्यान जो बनाउनु परेको थियो । यस्ता बेला बुवाआमा तथा पाका उमेरका मानिससँग कुरा नमिल्ने समस्या पनि देखिन्छन् । उमेरको अन्तर तथा सोचाईमा भिन्नता हुने भएकाले, यसबेला घरायसी तनाब उत्पन्न हुने उनको अनुभव छ । एक त यसबेला आफु नै जान्नेसुन्ने, आफु जस्तो राम्रो कोही छैनन् भन्ने सोचाई हुन्छ । यसकै कारण परिवार, छिमेक तथा साथीभाईबीचमा तनाव सिर्जना गर्छ ।

किशोरावस्थाका बेला देखिने अर्को समस्या भनेको, साथीले गरेको प्रगतीमा लाग्ने डाह पनि एक हो । अर्को, देखासिखी । अरुले जे गर्यो त्यही गर्न मन लाग्ने । गर्न नसके आत्मग्लानी हुने । अनावश्यक चिन्ता गर्ने । यस्तो बेला राम्रो परामर्श नपाए, मानसिक रोगको शिकार बन्ने तथा आत्महत्या गर्ने जस्ता समस्या देखिन सक्छ ।

गायक सन्तोषको बिचारमा किशोरावस्थामा आउने मानसिक तथा शारीरिक परिवर्तन स्वभाविक हुन् । यस्तो परिवर्तन सबै किशोर किशोरीमा आउँछ । यस्तो बेला संयम भई लक्ष्य निर्धारण गर्न सकिए, नकारात्मक परिणामबाट जोगिन सक्छौँ । मैले पनि ती परिवर्तनहरुलाई स्वभाविकरुपमा लिई, आफु भित्रको गायनकलालाई बुझेँ । त्यहीअनुसारको मेहनत गर्दै आएँ । सफल पनि भएँ ।

You may also like