कति वर्ष लागिन् केकी ? हेर्नुहोस् केकीका केहि सेल्फी ।

केकी अधिकारी, सिने क्षेत्रमा एउटा स्थापीत नाम । नृत्य प्रतियोगीता घिन्ताङबाट उनले कला क्षेत्र प्रवेश गरीन् । केकीको रुप र नृत्यले निर्देशक प्रसन्न पौडेलको मन तान्यो । म्युजीक भिडियोमा खेल्ने मौका सजीलै जुर्यो । केकीले मिङ्मा शेर्पाको कसरी कसरी बोलको गीतमा पहिलो पटक अभिनय गरीन् । म्युजीक भिडियो रिलीज अघि उनी टेलीभिजन विज्ञापनमा देखिइन् ।

म्युजीक भिडियोमा केकीलाई निकै रुचाइयो । प्रसन्न पौडेलले निर्देशन गरेका दर्जनौ भिडियोमा केकी नै देखियो । म्युजीक भिडियोबाट नै केकीले दर्शकको मन जितिन् । अन्य थुप्रै म्युजीक भिडियोमा काम गरीन् । अन्ततः प्रसन्न पौडेलको निर्देशनमा चलचित्र स्वरबाट केकी नायिका बनीन् । स्वरको चर्चा निकै नै भयो । युवा पुस्तामाझ लोकप्रीय बन्ने आशा गरियो । तर, सोचे अनुरुपको व्यापार गर्न सकेन । यद्यपी केकीको लागि स्वरले ठूलो पर्दाको बाटो खोल्यो । त्यसपछि उनी लगातार दुई वटा चलचित्रमा आर्यन सिग्देलको जोडी भएर देखिइन् । चलचित्र आइ एम सरीलाई दर्शकले मन पराए । केकीलाई मन पराउनेहरु बढे ।

केकीको क्रेज बढ्यो । त्यसलगत्तै उनले अभिनय गरेको चलचित्र महसुसले सोचे अनुरुप व्यापार गरेन । तर, उनलाई चलचित्र बितेका पलमा अभिनय गर्ने अवसर जुर्यो । यो फिल्ममा केकीले गरेको अभिनयले दर्शक लठ्ठीए । गतिलो व्यापार गर्यो । केकीको चर्चा चुलीयो । केकी हातमा अवार्ड पर्यो । लोकप्रीय नायिकाको परिचय बन्यो ।

अहिले केकीलाई भ्याइ नभ्याई छ । उनको नयाँ चलचित्र फन्को र बाग्मति प्रर्दशनको तयारीमा छ । केकी नयाँ फिल्मको सुटिङमा छिन् । अन्य केहि फिल्मको लागि अनुबन्ध भइसकेकी छिन् । केहि वर्ष अघिसम्म केकीलाई निर्देशक बद्री अधिकारीकी छोरी भनेर चिनिन्थ्यो ।

अहिले बद्री अधिकारीभन्दा कयौँ गुणा केकी नाम लोकप्रीय छ । वि.सं २०४६ साल पुस २ गते काठमाण्डौँमा जन्मीएकी हुन् । नेपाली सिने क्षेत्रमा केकी पढेकी नायिका मध्येमा पर्छिन् । केकीको प्रगति वर्षेनी बढ्दै जाओस् जन्म दिनको अवसरमा शुभकामना ।
हेर्नुहोस् केहि केकीका सेल्फी ।

You may also like