प्रेमगीतले देखायो सुन्दर प्रकृति र मायाप्रेमको मनमोहक दृश्य

d270a4a904f3652f8a1a9d72ea7ee277काठमाडौं ६ पुस । सेतो हिमाल । ठूला ठूला पहाड । हरियो चौर । चौरमा देखिन्छन्, मायालु एक जोडी । फूलेको फापर बारी । त्यहि बारीमा रमाउँछन्, युगल जोडी । यो युगल जोडीलाई हेरी रहँदा जो कोहिको मन प्रेमील बन्छ । पे्रमको संसारमा हराउँछ । आफुलाई त्यो जोडी भित्र पाउँछ । यस्तो अनुभव गराउने जोडी हो, पुजा शर्मा र प्रदिप खड्काको जोडी । प्रेम दिवसको अवसरमा प्रर्दशन हुन लागेको फिल्म प्रेमगीतको जोडी ।

माघ २९ देखि प्रर्दशनमा आउन लागेको चलचित्र प्रेमगीतले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । सार्वजनिक ट्रेलरमा मुस्ताङको मनमोहक दृश्यहरु देखिएका छन् । प्रेमकथा आधारीत प्रेमगीतको प्रोमोमा मायाप्रीतिसँग सम्बन्धीत केहि सम्वादहरु समावेश गरिएका छन् । माया प्रेम र परिवारबाट हुने अवरोधलाई प्रेमगीतको प्रोमोले देखाएका छ । सुर्दशन थापाले निर्देशन गरेको यस चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

गीत हेर्न यहाँ क्लिक गर्नु होला:-

You may also like