रोल्पा समाचारदाता
रोल्पा १८ लिबाङ
नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा द्वारा रोल्पाका सबै स्थानीय तहहरुका आईशोलेसन, क्वारेन्टाइन, हेल्थडेक्स, होल्डिङ सेन्टरहरुमा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार ब्यबस्थापनमा सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामान प्रदान गरिएको हो ।
आज नेपाल रेडक्रस सोसाइटी जिल्ला रोल्पा शाखाका सभापति डीवी घर्तीमगरले रोलपा नगरपालिकालाई प्रदान गर्नुभएको हो । रोल्पा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेललाई प्रदान गर्नुभएको हो । सँस्थालाई मास्क, सेनिटाइजर, ग्लोब्स, फेससिल्ड, साबुन, अक्सिमिटर, थर्मलगन, झुल, फिल्टर, साबुन, ईमरजेन्सि लाईट, फिनाइल, क्लोरिन जस्ता स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको थियो । जिल्ला शाखाले रोल्पा अस्पताल, नगरपालिका र लुंग्री गाउँपालिका, सुनिलस्मृति गाउँपालिका सुनछहरी गाउँपालिकालाई १९ गते हस्तातरण गरिने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले बताएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डी.वी. टुहुरोले कोरोना कहरको न्यूनिकरणका लागि सामान प्रदान गरेको बताउनुभयो ।