आफ्नो अधिकार प्रयोग गर तर अरुको अधिकार हनन् नगरौंः प्र.जि.अ ढकाल

साउन आइतबार
लिबाङ–रोल्पा


हिन्दु धर्मवालम्बी महिलाहरुको महान चाड तीज नजकिदै गर्दा लिबाङ बजार सहित अन्य बजार तथा गाउँहरु पनि महिलाहरुको नृत्य सञ्चालन गर्ने समूह वा व्यक्तिहरुको संख्या बढ्दो अवस्थामा छ । जसले सम्भावित सडक दुर्घटना र ध्वनि प्रदूषण लगायतका समस्या उत्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय रोल्पाले सम्भावित घट्नालाई मध्येनजर यो समयमा शान्ति सुरक्षा कायमको निम्ति मापसे जाँच लगायतका कार्यमा सुरक्षा निकाय प्ररिचालन गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । उहाँले लिबाङ बजारको सडकका चोक–चोकमा आयोजित अव्यवस्थित नृत्यहरुलाई उचित ठाउँहरुमा व्यवस्थापन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । नृत्य सञ्चालन समूह वा व्यक्तिहरु लगायत सरोकारवा निकायहरुको थप सहयोग भूमिका लागि उहाँले अनुरोध गर्नुभयो । सुरक्षाको दृष्टिकोणले पनि ती क्षेत्रहरु असुरक्षित भएको हुँदा अब उचित ठाउँको पहिचानबाट नृत्य सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । शहरी क्षेत्रमा प्राप्त खुल्लाको पहिचान नै नगरी सडकको चोक–चोकमा नृत्य सञ्चान गर्न समूहहरु व व्यक्तिहरु बाध्य भएका छन् भने अब खुल्ला ठाउँहरुमा नृत्य सञ्चालन गरिए सम्भावित सडक दुर्घटनाबाट सुरक्षित हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो–“चाड पर्वको अवरमा नृत्य तथा रमाइलो गर्ने अधिकार सबैलाई छ तर शान्ति सुरक्षालाई प्रभाव पुग्ने कार्य गर्न कसैलाई अधिकार छ्र्रैन । त्यसैले सम्बन्धि निकायले सम्भावित घट्ना घट्नुभन्दा पहिले नै सजक बन्नु उत्तम हुने भएकाले नृत्य सञ्चालन गर्ने समूह वा व्यक्तिलाई अनुरोध गर्दछु ।” उहाँले प्रशासनको पटक–पटक अनुरोधलाई वेवास्ती गरी सडकका चोक–चोकमा नृत्य सञ्चालन गर्ने समूह वा व्यक्तिहरुलाई कानुनी दायरीमा ल्याउने उद्घोष गर्नुभयो । लिबाङ बजारको सन्दर्भमा टुडिखेल आसपास, लोकतान्त्रिक चोक, बीच बजार, पिपल चौतारा, सात्ताले बजारको आसपासमा समूह समूहमा नृत्य सञ्चालन गर्ने र दर्शकहरुको भिडभाड नियमित हुने गर्दछ । दर्शकहरुकै भिडभाड कारण सम्भावित सडक दुर्घटनाको समस्या हो । केही नृत्यकार र दर्शकहरुले मधिरापान सेवन गरी सहभागिता हुँदा विभिन्न कारण विवाद उत्पन्न हुँदा झै–झग्डाको रुप लिने अर्काे समस्या हो । छीमेकीहरुलाई साउण्ड बक्सको ध्वनिले हरेक क्रियाकलापमा असर पुगेको छ । यसरी आप्mनो अधिकार प्रयोग गर्दै गर्दा अरुको अधिकारको हनन् नहुने कुरामा नृत्य सञ्चालन समूह वा व्यक्तिहरु पक्कै पनि सजक बन्नु पर्दछ । प्रशासन कार्यालयबाट मापसेको जाँच प्रभावकारी बनाएको भन्दै गर्दा मापसे खाएर आउनेको संख्या नै धेरै हुन्छ । त्यसैले सुरक्षा निकयाले पनि मापसे जाँचलाई प्रभावारी बनाए मात्र शान्तिपूर्ण वातावरण कार्य हुन्न सक्छ । अब प्रशासन र सुरक्षा निकायको ध्यान पुग्न जुरुरी छ ।

प्रशासनकै पहलमा साझाँ १०ः०० बजे भन्दा त नृत्य बन्द हुँदै आएको छ । सोही समयमा सडक ढाक्ने गरी दर्शकहरुको सहभागिता हुन्छ । सोही समयमा सवारी साधन र अन्य मानिसहरु आवत जावतमा पुरै समस्या हुन्छ । समयको विकास क्रमसँगै तीज पर्व लगायत अन्य विभिन्न चाडपर्वहरुपमा पनि विकृतिहरु बढेको छन् । महिलाहरुले तिजको अवसरमा महिलाहरुको समूहले नृत्य गर्ने प्रचलन बढेको छ । समाज बढ्दो विकृतिलाई पक्कै पनि न्यूनिकरण गर्नु पर्दछ । विगतमा नृत्यकै समयमा विभिन्न कारण विवाद उत्पन्न भएको थियो । त्यसैले त्यस्ता सम्भावित घट्नाहरुलाई मध्यनजर गर्दै समयमा नै प्रशासनले ध्यान पु¥याउनु पर्दछ । होइन भने समाजमा विभिन्न किसिमका समस्याहरुबाट कहिल्यैमुक्त हुन सक्दैन ।

You may also like