देशका युवाहरु र म्यादी प्रहरी भर्ना  मानसिंह बिक २०७३ चैत्र २० गते

मानसिंह बिक

“जून देशका युवाहरु हाँसेका हुन्छन् त्यो देश पनि हाँसेको हुन्छ जून देशका युवाहरु रोएका हुन्छन् त्यो देश पनि रोएको हुन्छ ।” क. माओ । विश्वका दार्शनिक माओले भने झैँ जून देशका युवाहरु हाँसेका हुन्छन् त्यो देश पनि हाँसेको हुन्छ जून देशका युवाहरु रोएका हुन्छन् त्यो देश पनि रोएको हुन्छ यो भनाईलाई गहिरो चिन्तन मनन गरेर हेरेमा युवाहरुले समाज परिवर्तनका लागि ठूलो योगदान गरेका छन् । युवाहरु परिवर्तनको सम्वाहक शक्ति हुन् । युवाहरुले परिवर्तनको लागि थुप्रै लडाईको मोर्चादेखि जीवन बलिदानसम्म गरेका छन् । युवाहरुले कुनै पनि पार्टी, निकायलाई सत्तासम्म पु¥याउनका लागि मत्वपूर्ण भूमिका निर्वाह गरेका छन् तिनै युवाहरुले राजनीतिक आन्दोलनलाई उचाईमा पु¥याउने तर पनि आन्दोनले सृजना गरेको उपलब्धीको उपभोग गर्दा फेरी कहि न कही केही न केही बाहनामा बाहिर रहेका हुन्छन् । आज विश्वमा युवाहरुको अवस्था त्यसै हुँदै गएको छ । अझै नेपालमा त झन् राजनीतिक आन्दोलनलाई उत्कर्षमा पु¥याउनको लागि आन्दोलनको अग्रभागमा नेतृत्व गर्दछन् तर आन्दोलन पश्चात सृर्जित उपलब्धी प्रयोग गर्दा युवाहरु पाखा लगाईन्छ । नेपाली राजनीतिमा यस्तै भइरहेको छ ।   आज नेपाली युवाहरु राजनीतिक परिर्तनका लागि नेपालका हरेक क्रान्तिमा सहभातिा भएको थिए । इतिहासदेखि वर्तमानसम्म युवाहरु हरेक क्रान्तिमा सहभागि छन् ।  नेपालमा प्रजातान्त्रिक प्राप्तिको आन्दोलन २००७, नेपालमा पञ्चायत विरुद्धको आन्दोलन २०४६ र नेपालमा राजतन्त्रको अन्त्यको आन्दोलन २०५२–६२ सम्मको समयको जनयुद्धमा साथै ऐतिहासिक जनआन्दोलनमा समेत नेपाली युवाहरु सहभागि मात्रै भएनन् बलिदान गर्न पनि पछि परेका छैनन् । युवाहरु बलिदान गरेका छन्, घाइते भएका छन्, अंगभङ्ग भएका छन् । युवाहरु अझै पनि परिवर्तनको पक्षमा अगाडि बढिरहेका छन् ।   युवाहरुको आवश्यकता पर्दछ जतिबेला सडकमा टायर बाल्नु पर्दछ, नारा लगाउनुछ, कसैलाई जनकारवाही गर्नु पर्दछ, झण्डा बोक्नुपर्दछ । वा कसैलाई ठीक गर्नु छ भने सडकदेखि सडनसम्म नारा जुलस लगाउने लगाएतका कामहरु युवाहरु परिचालन हुन्छन् । तर त्यतिबेलासम्म युवाहरुलाई राजनीतिज्ञहरुले जागिर खानु होला, राजनीतिक नियुक्तिमा बनाई दिउला, कुनै काम मिलाई दिउला लगायत भनेर चुनावी मैदान र राजनीतिक आन्दोलनमा सहभागि हुन्छन् तर पनि निर्वाचन सम्पन्न हुन्छ त्यसबेलादेखि युवाहरुले गरेको भूमिका भूल्ने चलन छ । यो परम्परादेखि नै हालसम्म कायम नै छ । नेपाली युवाहरुको राजनीतिक सहभागितामा यस्तै हुँदै आएको छ । धेरै पहिले कुरा भन्दा पनि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा  युवाहरु निकै परिचालन भए, नेपालका युवाहरु २०७० सालको दोस्रो संविधानसभाको निर्वाचन अत्याधिक परिचालन भएको छ । तर संविधानसभाको निर्वाचन सम्पन्न भएपछि फेरी पनि युवाहरु अरवको खानीमा पुगेका छन् । आज रोजगारको अभावमा विदेशीको गुलामी पर्ने वाध्यता छ । आज पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा मतदान गर्ने युवा र विजयी बनाउनको लागि कम्मर कसेर लाग्ने युवाहरु कता छन् कसैले वा कुनै पार्टीले खोजेको छ ? आफ्नो पार्टी र आफुलाई विजयी बनाउने युवाहरुको बारेमा कसैले पनि खोजी नीति बन्दैन तवसम्म नेपाली युवाहरुको अवस्था यस्तै हुन्छ । नेपालको परिवर्तनका लागि महत्वपूर्ण आन्दोलनमा सरिक हुने युवाहरुको बारेमा खोजी गर्ने समय आउनुपर्दछ । तवमात्रै नेपाल र नेपाली युवाहरुको विकास हुनेछ ।   सन्दर्भ अब संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । नेपालमा २०७२ साल असोज ३ गते संविधान पनि जारी भएको छ । देश सघीयतामा गइसकको छ । अब स्थानीयतह निर्वाचन हुँदैछ । विगतको संविधानसभाको निर्वाचन  पहिलो र दोस्रो भन्दा निकै फरक भएको छ । विगतको भन्दा युवा पुस्ताहरुलाई संम्वोधन केही सापेक्ष रुपमा बढी भएको छ तर आम युवाको पक्षमा हुन सकेको छैन । युवाहरु अझै पनि वेरोजगार छन् रोजगारको अभावमा विदेशमै छन् । अब २०७४ साल बैशाख ३१ गते स्थानीयतहको निर्वाचन हुने भएको छ । सो निर्वानचनमा सबै राजनीतिकदलहरु निर्वाचन नीति तथा कार्यक्रमसहित गाउँ गाउँमा पुगेका छन् । स्थानीयतह निर्वाचनको वातावरण निर्माण हुँदैछ । निर्वाचन सम्पन्न गर्नका लागि नेपाल सरकारले नेपालमा करिव ७५ हजार म्यादी प्रहरीको भर्ना खोलेको थियो । त्यसमा डोब्बर संख्यामा आवेदन परेको छ । सबै युवा युवतिहरु म्यादी प्रहरी करिव दुई महिनाका लागि भर्ना भएका छन् । रोल्पामा ११ गतेदेखि आवेदन खुला भएकोमा १७ गतेमा  परेको आवेदनमा २ हजार २० जना परेको छ । तिनीहरुको पहिलो चरणको छनौट १९ गते भएको छ । रोल्पाको लिबाङमा करिव ११ गतेदेखि १७ गतेसम्ममा युवा युवतिहरु लाइन लागेर निवेदन दिए । ११ गतेदेखि रोल्पाको लिबाङमा म्यादीमय बनेको छ । राजनीतिक दलहरुका प्रतिनिधीहरुले पनि म्यादी प्रहरीमा भर्ना गराउनका लागि लागेका छन् । रोल्पा जिल्लाका युवा युवतिहरु भर्ति भएका छन् ।  रोजगारको शीलसिलामा विदेश गएर आएका युवा साविकको कुलबहादुर परियरलेसँग लामो कुराकानी भयो । उहाँले कुरा गर्दै जादा भन्नुभयो ः–“विदेश गएर आएको करिव  दुई महिना मात्रै छ विदेश फर्किने तर यो दुई महिनामा पनि के त्यसै बसाँै भनेर भर्ना हुन आएको हुँ” कुलबहादुरको सपना भनेको गाउँमै बसेर पेशा गरेर बस्ने मन त थियो तर त्यसैले परिवारको लालन पालन गर्ने तर त्यसले पुगेन, गाउँ, परिवारको माया मोह त्यागेर विदेश जानुभयो । विदेश करिव ३ वर्ष विताएर आउनुभयो । तर विदेशमा कति दुःख गर्नुभयो ? नेपाल र परिवारको चिन्ता कति गर्नुभयो ? नेपाल आउनुभयो भयो  । नेपाल आएर परिवारसँग बस्ने, तीन वर्षपछि भेटमा परिवारसँग बस्ने, त्यो सपना हुँदा हुँदै पनि आर्थिक अभावले गर्दा विदेशमा आएर म्यादीमा भर्ना हुने अवस्था कसरी भयो । यसको कारण तथा परिणामको बारेमा अध्ययन गर्ने  नेपालको राज्यले कहिले होला ।  त्यसैगरी मिरुलका रामचन्द्र बुढामगर पनि लामो समय रोजगारको लागि विदेश जानुभएको थियो । उहाँ पनि विदेशबाट घर विदामा आउनुभएको हो । बुढाको पनि कथा उस्तै थियो । विदेशबाट आउनुभयो भयो बैबाहिक सम्बन्ध जोड्नुभयो । घरमा परिवारसँग बस्नुपर्ने बेलामा फेरी दुई महिनाका लागि फेरी पनि म्यादी प्रहरीमा प्रहरीमा भर्ना हुनु पर्ने अवस्था किन आयो ? त्यसको बारेमा राज्यले कहिले सोच्ने हो । यी कोर्चाबाङका कुलबहादुर परियार र मिरुलका रामचन्द्र बुढामगर प्रतिनिधी पात्र मात्रै हुन् । यी यस्तै कथा व्यथा बोकेका ७५ हजार संख्यामा आफू पर्ने भनेर आवेदन दिनेहरुको पनि संख्या पनि परियार र बुढाको झै कथा हजारौँका छन् ।  रोल्पामा भर्ना भएका युवा युवतिहरुको बारेमा गहिरे अध्ययन गर्ने हो भने आफ्नो श्रीमान विदेश गएका छन् । विदेशको विदेशमा कमाई विग्रेको छ । सो ऋणको भारीमा केही काम गर्नका लागि श्रीमान विदेश भएपनि म्यादी प्रहरीमा भर्ना भएका छन् । के रहर होला त ? म्यादी प्रहरीमा विबाहित महिला पनि बाल बालिका छोडेर आएका छन् । म्यादी प्रहरीमा पढाई छोडेर भर्ना भएका छन् । १८ वर्षदेखि ५४ वर्षसम्मका मानिसहरु भर्ना भएका छन् । एक प्रकारको दृष्टिकोणले २ महिना रमाइलो नै गर्न आएका हुन् भन्ने नै छ । तर कतिपयले त समस्याकै कारणले भर्ना भएका होलान् भन्ने छ । यी दुइवटाको दृष्टिकोणको सत्य र बहुसंख्यक युवा युवति रमाइलो भन्दा पनि जीवन यापन गर्नका लागि नै हो । त्यो अधिकासंश युवा युवतिको कथा दैनिक जीवन चलाउन कठिन छ परिवार धान्न गाह्रो छ । त्यसैले भर्ना भएका हौँ  भन्ने नै छ ।

You may also like