कोरोनाको संकटमा लापरबाही होइन सजगता अपनाऔं

कोरोनाको संकटमा लापरबाही होइन सजगता अपनाऔं

                                                                                                                          पूर्णबहादुर भण्डारी
                                                                                                                     हाल लिबाङ–रोल्पा
समस्याको भोगाई र हेराइको विश्लेषण गर्ने तरिका मात्र फरक देखिएलान् समग्रमा बुझ्दा देशमा चुनौतिसँग सामना गर्नुपर्ने त्यो बाध्यात्मक परिस्थितिको मुख्य कारक तत्व पनि आखिर त्यही देशको नागरिक नै हुन् । आफ्नो देश र समाज प्रति माया, ममता र गौरवता देखाउँदै सकारात्मक सन्देश दिने त्यही नागरिक हुन् भने समस्यालाई नबुझ्ने अटेरी र लापरबाही देखाएर संकटको अवस्था सृजना गर्दै नकारात्मक सन्देश दिने पनि त्यही नागरिक हुन् । एक जना मात्रैको लापरबाहीले गर्दा सोच्नै नसकिने अकल्पनीय क्षति व्यहोर्नु पर्ने त्यो अवस्था आउँदो रहेछ र बन्दो रहेछ । आज विश्वमा ठीक यही भइरहेको छ जोसँग हामी अनेकौ उपायहरु खोज्दै लडिरहेका छौं । विश्वमा यतिबेला कोरोना भाइरस (कोभिड–१९) ले मानव जातीमा देखाइरहेको अत्यन्तै कहाली लाग्दो विक्षिप्त अवस्थाको बारेमा चर्चा परिचर्चा र बहससम्म पनि गर्न एक आपसमासँगै बस्ने रहने र नाता सम्बन्ध गाँस्ने कुराकानी गर्ने स्थिति छैन यो जस्तो पीडा त अरु के हुन् सक्छ र !
चीनको हुवेइ प्रान्तको बुहानबाट देखा परेको कोरोना भाइरस (कोभिड–१९) एकाएक आश्चर्य रुपमा फैलिदै गर्दा अहिले विश्वका २१० भन्दा बढी देशहरुमा तीव्र गतिमा फैलिरहेको छ, जस्का कारण अब यहि गतिमा बढ्दै गए र नियन्त्रणका कुनै उपाय खोज्नतर्फ नलाग्ने हो भने विश्वका कुनै पनि मुलुक अछुतो भएर बस्ने र रहने स्थिति देखिदैन । कोरोना ख्ष्चगक ले विश्वलाई नै तहस नहस पार्दै आतंकित रूपमा फैलिएर आफ्नो यात्राको २ महिनाको समय पूरा गरिसकेको छ । कोरोना virus चीनबाट फैलिदै गर्दा सुरु सुरुमा केही देशहरुले सामान्य रुपमा लिए केही होइन खासै ठूलो प्रभाव पर्दैन आइहाले पनि नियन्त्रण गर्न सकिन्छ भन्ने सोचाई राखे सायद यही सोचाई अनि हठको प्रवृत्ति भनौं वा संस्कार भनौं सबै भन्दा ठूलो घातक कमजोरी अरु केही होईन जस्तो लाग्छ । किनकी समस्याको गम्भीरतालाई नबुझिकनै मजागको रुपमा लिनु गलत थियो आखिर त्यो सत्य साबित हुँदै गइरहेको छ । corona virus ले आज सारा विश्वका मानव जातीलाई नै हल्लाउँदै त्यही मानव समुदायमा बस्ने धनी गरीव, ठूलो सानो, युवायुवती, वृद्ध वृद्धा कसैलाई पनि बाँकी राखेको छैन र कसैलाई पनि चिन्न जानेको छैन । दानबको जस्तो क्रुर स्वभाव देखाउँदै निकै भाव बिहोल बनाउँदै रुवाबासी चलाउँदै आफ्नो परिचय दिइरहेको छ यतिबेला । विज्ञान र प्रविधिको संसारमा आफुलाई जहिले पनि सभ्य, सम्पन्न र शक्तिशाली (powerful) भनेर घमण्ड, अहमता, देखाएर आफ्नो परिचय दिने देशहरु अहिले कोरोना भाइरससँग राम्रो तरिकाले परिचय गर्न नसकेको उदाहरण स्पष्ट रुपमा देखिरहेका छौं । अहिले यी देशहरुमा कति कहाली लाग्दो दुःखदायी अवस्था आएका छन् । अहिले हामी एक एक घण्टाको फरकमा निकै दुःखदपूर्ण खबर जानकारी लिइ रहेका छौं र सुनिरहेका छौैं । भनिन्छ, हरेक चिजलाई खेलवाड सम्झनु हँुदैन त्यो आफ्नै लागी घातक हुन सक्छ भन्ने कुरा । हुन सक्छ आधुनिक प्रविधिको युगमा नियन्त्रणका उपायहरु तत्काल नभेटिए पनि अनुसन्धान गर्दै जाँदा दीर्घकालीन रुपमा समाधानको बाटो निस्किन सक्छन् र निस्किनु पनि पर्छ । केही होइन, कति असर गर्छ र हाम्रो लागि सामान्य हो विगतमा विभिन्न नामले चिनिएका इबोला स्वाइन फ्लु जस्ता भाइरसहरु जसरी आए त्यसरी गए, कोरोना भाइरस पनि त्यसरी नै जान्छ आत्तिनु पर्ने कारण छैन भनेर अरुको समस्या देखेर हाँस्ने देशहरु अहिले रोई रहेका छन् भन्ने कुरा आजका दिनमा कुनै नयाँ नौलो भएन । २४ घण्टा बित्न नपाउँदै करीव हजारौंको संख्यामा मानिसहरुले उपचार नपाएर अमूल्य जीवन गुमाईरहेका छन् ।
आखिर भाषा, रुप, रङ्ग, भेषभुषा, रीतिरिवाज मात्र फरक हुन् । तर, मानवजाती विश्वका जुनसुकै कुनामा रहे पनि भए पनि सबै एउटै हो त्यस अर्थमा पनि हामीले मृतकहरु प्रति गहिरो एवं भावपूर्ण संवेदना प्रकट गर्दै संक्रमितहरुको स्वास्थ्यलाभको कामना गर्न चाहन्छौं कि जीवित भएर आजका दिनसम्म बोलिरहँदा । भोली त्यो परिस्थिति त्यो अवस्था हाम्रै समाजमा नआउला भन्न सकिँदैन हाम्रो जस्तो मुलुकमा । न दक्ष जनशक्तिको प्रयाप्तता छ न कुनै भरपर्दो प्रविधिको प्रशस्त उपलब्धता छ । अलि अलि आँखामा छारो हाले जस्तो गरी विश्वास एवं आस्वस्त पार्ने खालका भएका स्रोत साधनहरु पनि कहिले मर्मतको अभावमा त, कहिले के अभाव देखाएर प्रयोग बिहीन जस्तै बनाएर त्यत्तिकै थन्किएर राखिएका छन् । भएका सीमित जनशक्ति, स्रोत साधनहरुले कतिसम्म धान्न सक्छन् र ती कुराहरूको समस्या पनि आफ्नै ठाउँमा छन् होला । मानिसको जीवनसँग को कुरा हो एक सेकेण्ड समयको पनि निकै महत्व हुन्छ । उपलब्ध भएका चेक जाँचका उपकरणहरु ठीक हालतमा नहुँदा, परीक्षणको नतिजा समयमा आउँदा र नआउँदा के कतिसम्म फरक पर्छ भन्ने कुरा त जीवन मर्ने वा बाच्ने त्यो दोसाँधको अवस्थामा पुगेको हुन्छ जो पीडासँग छटपट्टाई रहेको हुन्छ सायद उ बाहेक अरु कसैलाई थाहा हुँदैन होला । विषय बस्तुमा लेखिरहँदा प्रसंगको फरक अर्थ नलागोस् । महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) ले अहिले मानव समुदायलाई निकै कहाली लाग्दो दुःखदायी अवस्थामा पु¥यो । अर्थ व्यवस्थापनमा निकै बलियो मानिएका विकसित देशहरुले प्रशस्त धनराशी भएर पनि काम गर्न नसकिरहेको र सडकमै फालिरहेको त्यो दृश्य विभिन्न सञ्चार माध्यमहरुमा हामी सबैले देखिरहेका सुनिरहेका छांै ।
कोरोना भाइरस विरुद्ध अहिले कुनै खोप भ्याक्सिनहरु बनिसकेको अवस्था छैन । कोरोना भाइरस नियन्त्रण गर्ने प्रमुख आधार, आपतकालीन अवस्थामा वातावरणलाई सहज बनाउने गतिलो प्रभावकारी एउटा मात्रै नीति भनेको लक डाउन रहेछ भन्ने कुरा समस्या भोगिरहे देशहरुले महसुस गर्दै रोकथामाका अनेकांै उपायहरु खोजिरहेका छन् । यस्तो अवस्थामा हाम्रो देशमा सरकारले ढिलै भएपनी अवस्थालाई बुझ्दै घरबाहिर ननिस्किन अनुरोध गर्दै बन्दाबन्दी (लक डाउन) को नीति ल्याएको छ र सोही अनुसार सहनशिल र धैर्यता देखाउँदै अगाडि बढन विभिन्न तरिका तथा माध्यमहरुबाट आम नागरिकहरुलाई निरन्तर सु–सुचित गराई रहेको छ । दुःखद कुरा अरु केही बुझ्न नसके पनि म बाच्नु पर्छ भन्ने त बुझ्नुपर्छ नि ? आफ्नो जीवन आफ्नैका लागी महत्वपूर्ण मानिदैन भने त्यो जस्तो दुःखद कुरा अरु केही हुन सक्दैन । आफु र परिवार सचेत बन्दै बनाउँदै समाज र राज्यलाई स्वार्थ भन्दामाथि उठेर सहयोग गर्ने ठाउँमा सरकारको नीति निर्देशनलाई वेवास्ता गर्ने, समस्या लुकाएर विकरालको स्थिति सृजना गर्ने जस्ता कार्यले भोलिको समाज कस्तो होला ? सोच्न त के कल्पना पनि गर्न सकिदैन । बाँचेर रमाउन भोलि के यही समाज चाहिदैन होला ? घरबाट बाहिर ननिस्कने, सामाजिक दुरी फराकिलो बनाउने, जमघटको अवस्था सृजना नगर्ने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने, खानपिनमा ध्यान पु¥याउने, सम्यंता अपनाउने जस्ता हरेक कुराहरुमा ख्याल गर्न सरकारले आम नागरिकहरुलाई जानकारी गराउँदा पनि त्यसको कुनै पालना भएको पाइदैन । खुलेआम सडकमा सवारी साधनहरु चलाउँदै, हिडडुल गरी रहेको, मेलापर्वहरु चलाइरहेको देखिन्छ । यो कतिसम्मको समय सान्र्दभिक होला ? पक्कै पनि हो कोरोना भाइरस विरुद्ध सकारात्मक पक्ष के भन्ने कुरा सत्यताको गहिराईसम्म पुग्न र वास्तविकता केलाउन कोसिस नगर्ने । तर, नकारात्मक टीका टिप्पणी गर्ने, आफ्नै परिवार, समाजसँगै समग्र देशको अस्तित्व संकटमा पार्दै आजको यो परिस्थितिसँग खेलवाड गर्ने र मनोरञ्जन लिने समय त होइन होला नि ? यो संकटको अवस्थामा लापरबाही देखाउनु आखिर किन र कस्का लागी ? जे होस उच्च जोखिममा पनि आफ्नो जीवनको कुनै प्रबाह नगरी कोरोना भाइरस विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीहरुको विशेष सुरक्षा व्यवस्थापनमा कुनै लापरबाही हुनु हुँदैन । सामान्य बिरामीहरु प्रति स्वास्थ्य क्षेत्रले पनि कुनै बाहाना बनाएर बाँच्न पाउने जीवनको खेलवाड गर्ने स्थिती ल्याउनु हुँदैन र बिरामीहरुका हरेक समस्यालाई कोरोनासँग जोडेर हेर्नु हँदैन । संकटको अवस्थामा मानवीय सहयोग देखाउन नखोज्नु, शत प्रतिशत भत्ता र पि. पि सहित राज्यले बिरामीको उपचारमा खटाईएका संयन्त्रहरुले काम नगर्ने हो भने त्यो जस्तो ठूलो महापाप केही हुने छैन । ढिला सुस्ती, अटेरीपन गर्ने राज्यका प्रतिनिधि कोही कसैलाई छुट छैन दिईनु पनि हुँदैन । एक छाक खान नपाएर भोकमरीको स्थिति आइरहँदा कालो बजारी गर्नेहरुको सार्वजनिक रुपमा सबैले देख्ने गरी हँदैसम्मको कारबाही हुनुपर्छ र यसतर्फ पनि आम नागरिक खबरदारीसँगै सजग हुनुपर्छ । देश अप्ठ्यारोमा पर्दा पनि जिम्मेवार र उत्तरदायी नबन्ने मौकाको फाईदा उठाउन खोज्ने, अपराधिक गतिविधिमा संलग्न जो कोहीलाई पनि कुनै हालतमा कसैको दबाबमा छोड्नु हँुदैन । स्वास्थ्य आफ्नो लागि हो भन्ने बुझाईसँगै सजग हुनुपर्छ । अर्काको स्वास्थ्यका लागि सुरक्षाकर्मीहरुले बल प्रयोग गरेर सजाय दिनुपर्ने कारण जस्तो बाध्यात्मक परिस्थिति कोही कसैबाट नहोस् किनभने यतिबेला राज्यले सहयोग र साथ खोजिरहेको छ । हाम्रो सानो लापरबाहीले भोलि देशले अकल्पनीय क्षति व्यहोर्नु पर्ने स्थिति नआओस् । अब हामी यसर्थ सजग हुन जरुरी छ, कि हिजो आणविक, रसायनबाट युद्ध लडेका देशहरु अब भाइरस युद्ध नलडलान भन्न सकिँदैन । विश्वमा भाइरसको कारणले भोग्नुपरेको कहानी बुझौं र बुझाआंै । संकटको अवस्थामा आम नागरिक सजग नहुने हो भने लापरबाही देखाउँदै जाने हो भने भोलि त्यही समाज नै नरहने स्थिति आउन सक्छ । त्यसैले सकारात्मक सन्देश के हो त्यो सिकांै ढिलासुस्तीले र लापरबाहीकै कारण ले हुने र निम्तिन सक्ने जोखिम एवं क्षतिको बेलैमा सानो भएपनी उपाय खोजौ र सजगता अपनाऔ । देश र सिमा नाका मात्र होइन शक्ति र भक्ति अनि भाषा यस्ले कसैलाई चिन्दैन विश्वलाई नै कोलाहल मच्चाउने कोरोना भाइरसको कुरा गर्दै छु । म यतिखेर शक्तिशाली राष्ट्र हुन् वा गरीव सबैलाई यस्ले समान चपेटामा पारेको छ । चिकित्सा विज्ञानका धरोहर आफै यस्को चपेटामा परेका छन् । आणविक र परमाणु बम बनाउनेहरु लुकेर बसेका छन् यस्का सामु । विश्व घटनाक्रम हेर्दै जाने हो भने यस्ता प्राकृतिक प्रकोपले कयांै पटक लाखौं मानिसलाई स्वाहा पारेका दृष्टान्त पाइने गर्दछ । तर, पछिल्लो परिदृश्य केही भिन्न र अलग प्रकृतिको छ । मानव जीवनको आधुनिकीकरण र आबिस्कारले जीवन पद्धति नै बदलिन थालेको अवस्थामा कोरोनाको गतिविधिले एक पटक सबैलाई घरभित्र थुन्न बाध्य बनाइदिएको छ । शक्ति र सत्ताको शानले होस् या भक्ति र पैसाको मानले समेत कोरोनाको संक्रमण रोक्न नसकेपछि यतिखेर प्राकृतिक मूल्य र मान्यताको खोजी समेत हुन थालेको छ । हामीले प्रकृतिमा अलि विध्वंस मच्चाइयांै कि भनेर विज्ञानका चिन्तकहरु घोत्लिन बाध्य भएका छन् । कोरोनाले विश्वलाई अचानक अंगालो मार्न थालेपछि आपत विपद्मा ज्यान जोगाउन संसार भरी नै यसबाट जोगिन विभिन्न निर्णय उपायहरु हुन् थालेका छन् । कोरोनाको भाइरस एक मानिसबाट अर्को मानिसमा सजिलै सर्ने भएकोले पनि सामाजिक र भौगोलिक सम्बन्धलाई केही समयका लागी अलग पारिदिएको अबस्था छ । जल, थल र हवाई मार्ग लगभग ठप्प छन् यतिखेर । ग्लोबल भिलेज भैसकेको विश्व मानचित्रमा कुना–कुनामा छरिएर रहेका मानिसहरू यतिबेला आफ्नो बस्ने सुरक्षित गुँड खोजिरहेका छन् । कोरोनाकै कारण कयौं प्रबासी नेपालीहरु ज्यान गुमाइसकेका छन् । यो अत्यन्तै दुःखदायी पीडा हो । अस्वभाविक मृत्युको पीडामा परिवारले सास गएका लासहरु समेत हेर्न पाएका छैनन् । यो भन्दा पीडादायक क्षण अरु के नै हुन सक्ला ? संसार भर छरिएर रहेका नेपालीहरु मात्र होइनन् सिङ्गो मुलुक नै यस्को चपेटामा परेको छ । लकडाउनको असरले अभावका पाटाहरु छरपस्ट हुन थालेका छन् । महिनौं हिडेर घरसम्म पुग्न पाउँ भन्नेहरुको पीडामा मलम लगाउन सकिरहेको अवस्था छैन । यस कारण भाइरसबाट बच्नका लागि व्यक्तिगत आनीबानीहरुमा विशेष ख्याल गर्दै सामाजिक दुरी कायम गर्नुको कुनै विकल्प नै छैन । कुनै व्यक्तिको लापरबाहीको कारण समाज नै कोरोनामय बन्न सक्छ । त्यसैले संघीय सरकारले कोरोना भाइरस नियन्त्रणका लागि अपनाएको हरेक नीति निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै नेपालमा सजकता अपनाउनुको  अरु कुनै विकल्प छैन ।

You may also like