जलजला यातायात थबाङसम्म यातायात सञ्चालन गर्ने आज ट्रायल यात्रा सम्पन्न

मानसिंह बिक
२०७३ साल पुस २४ गते
रोल्पा जिल्लामा पछिल्लो समयमा यातायात क्षेत्रमा निकै प्रतिषपर्धामा भइरहेको छ । यसकै निरन्तरतामा जलजला यातायात समितिले रोल्पाको लिबाङदेखि थबाङमासम्म बससेवा सञ्चालन गर्ने गर्ने भएको छ ।
लिबाङदेखि थबाङसम्म करिव एक वर्ष अघिदेखि नै जीपहरु सञ्चालन भएका थिए । लिबाङदेखि माडीचौर, लाप्चन, घर्तीगाउँसम्म जिल्ला विकास समितिले लगायत सडक डिभिजन कार्यालय प्यूठान चकचकेबाट ठेक्का तथा उपभोक्ता समितिबाट सडक निर्माण भएको बताउनुभयो । घर्तीगाउँदेखि थबाङसम्म माओवादी जनयुद्धकालमा जनताद्वारा निर्माण गरिएको शहीदमार्गबाट यातायात सञ्चालन भएका छन् । शहीदमार्ग घर्तीगाउँदेखि थबाङसम्म जानका लागि सडक सहज भए पनि लिबाङदेखि घर्तीगाउँसम्मको सडक यातायात सञ्चालनका लागि उपयुक्त नभएको व्यावसायीहरुको गुनासो छ । शहीदमार्ग फराकिलो रहेको छ । यसैमा पनि नागरिकलाई सेवा प्रदान गर्नका लागि जलजला यातायात समिति रोल्पा र जलजला यातायात प्रा.ली. रोल्पाले निरन्तर प्रयास गरेकै छन् । लिबाङदेखि थबाङसम्म बस सञ्चालन गर्नका लागि इरिबाङको बागमारा बजारबाट लिबाङसम्म यातायात सञ्चालनका लागि ट्रायल यात्रा गरेको छ । पहिलो पटक बागमाराबाट दुइखोली घर्तीगाउँबाट लाप्चन हुँदै लिबाङसम्म आई पुगेको छ । लिबाङ सात्तालेमा ना.२ ख ५६८५ को बसलाई यातायात समितिले स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्दै जलजला यातायात समिति रोल्पाका कार्यालय प्रमुख धर्मेन्द्र कुवरले रोल्पाली जनताको सेवाका लागि समिति निरन्तर लागि परेको बताउनुभयो । उहाँले सडकहरु यातायात सञ्चालन गर्नका लागि सहज नभएकोले जोखिमपूर्ण सडकमा पनि जनताको सेवाको लागि सञ्चालन गरेकोले ध्यान पूर्वक सञ्चालन गर्नका लागि चालकहरुलाई अनुरोध गर्दै सरोकारवालाहरुले सडक मर्मतमा ध्यान दिनका लागि अनुरोध गर्नुभयो ।
यसैगरी चालक गीरभान केसीले सडक यातायात सञ्चालनका लागि जोखिम भएपनि आफूले सचेत पूर्वक चलाएर लिएको बताउनुभयो । यस्तै रोल्पा प्रा.ली.का अध्यक्ष नन्दबहादुर पुनमगरले सञ्चालन गर्नका लागि कठीन भएपनि जनताको सेवाको लागि नयाँ जीवहरु रुडमा सञ्चालन गरिएको बताउनुभयो । रोल्पाको लिबाङ सात्तालेदेखि विहानै जलजला यातायात समिति र जलजला प्रा.ली.का जीवहरु सञ्चालन हुन्छन् । त्यसैमा सवार गर्दा आफूलाई निकै सहज भएको यात्रुहरु बताउँछन् । पहिले यातायात नपाइदा निकै समस्या भएता पनि हाल विभिन्न समितिहरु सञ्चालन भएपछि सहज भएको मिरुलका स्वर्णिम बुढाको भनाई छ ।
रोल्पा जिल्लाको आन्तरिक सडकहरुमा यातायात सञ्चालन भएका छन् । यसले रोल्पा जिल्लाका नागरिकलाई सहज नै बनाएको छ । यातायात व्यवसायीहरुले प्रतिषपर्धाका लागि यातायात सञ्चालनको सडक मैदान उत्रिए पनि व्यवसायीहरुको बीचमा उचित तालमेल नभएपछि व्यवसायीहरु थप धरासय बन्ने कुरा पनि उत्तिधै जोखिमपूर्ण छ । तर पनि उचित तालमेल गरेर अगाडि बढेमा यातायातको अभावमा जोखिमपूर्ण यात्रा गरिरहेका रोल्पाली नागरिकलाई भने सहज भने पक्कै हुनेछ ।

You may also like