बुढाको ९ वटा रचना बाचन
रोल्पा समाचार साप्ताहिकमा २०७३ साल पुस २४ मा प्रकाशित
स्रष्टा भगवती बुढामगरले शनिबार लिबाङमा एकल रचना वाचन गर्नुभएको छ । । ललित साहित्य परिषद्ले द्वैमासिक रुपमा सञ्चालन गर्दै आएको एकल रचना वाचनमा बुढामगरले आफ्ना रचनाहरु सुनाउनुभएको हो । २८ औं एकल रचना वाचनका श्रष्टा बुढामगरले ९ वटा रचना बाचन गर्नुभएको हो ।

कार्यक्रममा बुढामगरले ६ वटा कविता, २ वटा गजल र एउटा छोटो लेख वाचन गरिन् । बुढामगर ललितको पूर्व उपाध्यक्ष समेत हुन् । कविता र गजल लेखनमा क्रियाशील बुढामगरको ‘सम्पत्ति’ गजलसंग्रह प्रकाशित छ । कार्यक्रममा साहित्यकार महेन्द्र महकले बुढामगरको व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो भने समग्र कार्यक्रमको समीक्षा साहित्यकार डी.बी. टुहुरोले गर्नुभएको थियो । का.बा. अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिषद्का महासचिव नारायण जिज्ञासुले गर्नुभएको थियो । लिबाङस्थित वाचनालयमा सम्पन्न कार्यक्रममा यहाँका साहित्यकार तथा साहित्यप्रेमीहरुको उपस्थित रहेको थियो ।

You may also like