प्रदेश स्तरीय रेफ्रि तथा टेक्निकल सिमिनार सञ्चालन हुँदै


लिबाङ रोल्पा
जेष्ठ ११ गते,
एक सय जना आई.टि.एफ. तेक्वान्दो खेलाडीहरुलाई दुई दिनसम्म लिबाङ प्रदेश स्तरीय रेफ्रि तथा टेक्निकल सिमानार सञ्चालन हुनेभएको छ । सिमिनारमा सहभागि प्रशिक्षार्थीहरु प्रदेश स्तरीय आई.टि.एफ. तेक्वान्दो प्रतियोगितामा रेफ्रिको भूमिका निर्वाह गर्ने अवसर पाउनेभएका छन् ।
उक्त कार्यक्रम अन्तर्राष्टिय तेक्वान्दो महानसंघको संयोकत्व तथा संरक्षण र रोल्पा आई.टि.एफ. तेक्वान्दो रोल्पा संघको आयोजनामा २०७६ साल जेष्ठ महिनाको २८ र २९ गते लिबाङमा आयोजना गरिएको रोल्पा आई.टि.एफ. तेक्वान्दो संघ रोल्पाको अध्यक्ष विक्रम बाठामगर बताउनुभयो । लिबाङमा आयोजित सिमिनारमा नेपालभरिका खेलाडीहरुले सहभागि बन्न पाउने भएको हुँदा सहभागि प्रशिक्षाथीहरुको संख्या निर्धारणकोभन्दा बढि हुन सक्ने समेत बाठामगरले बताउनुभयो । सिमिनारको प्रमुख प्रशिक्षक अन्तर्राष्टिय रेफ्रि उमेश राजथालाको प्रमुख प्रशिक्षक सहित अन्य प्रशिक्षकहरुले सहजिकरण गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । कार्यक्रम सम्पन्नको निम्ति दुई लाख पच्चत्तर हजार रकम खर्चको अनुमान आयोजकले गरेको छ ।

कार्यक्रम सम्पन्नको आर्थिक सहयोग गर्ने सहयोगी निकायहरुलाई रोल्पा आई.टि.एफ. तेक्वान्दो संघ रोल्पाका अध्यक्ष विक्रम बाठामगरले अनुरोध गर्नुभयो । रोल्पा जिल्लामा खेलकुद विकास, विस्तार तथा खेलाडीहरुको प्रतिभा र उत्साहको कदर गर्दै खेलाडीहरुलाई थप अवसर प्रदान गर्ने उद्धेश्यले सिमिनारको आयोजना गरिएको समेत उहाँले बताउनुभयो ।

You may also like