नेता कृष्णबहादुर महरा र ऊर्जामन्त्री वर्षमान पुनको रोल्पामै भेटमा यस्तो भयो छलफल


मानसिंह विश्वकर्मा
भाद्र २३ रोल्पा


विगतको निवर्तमान सभामुख कृष्णबहादुर महरा र ऊर्जा मन्त्री वर्षमान पुनमगर ‘अनन्त’ बीच नेता महाराको पूख्यौली घरमै रोल्पाको लिबाङमै आज विहान भेटबार्ता भएको छ । भेटमा सरकार र पार्टीको विभिन्न विषयमा छलफल गर्नुछ ।
संयोग नेता कृष्णबहादुर महाराले पनि आफ्नो गृहजिल्लालाई बढी प्राथमिकता दिएर रोल्पा आएको बेला र ऊर्जामन्त्री विभिन्न सरकारी कार्यक्रमका लागि रोल्पामा आएको बेलामा दुवै जना नेताहरुको भेट भएको थियो । भेटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकारले अझै जनताका पक्षमा काम गर्नुपर्ने, श्रमजिवी जनताको पक्षमा जीवनका हरेक क्षेत्रलाई विकास गर्नुपर्ने, गरिखाने वर्गहरुको आयस्तरलाई माथि उठाउनको लागि गरिरहेको कार्यलाई अmभै गति प्रदान गर्न सहयोग गर्ने गरी छलफल भएको थियो ।


यसैगरी पार्टीको आन्तरिक विषयमा पनि एकतालाई बलियो र मजबुत बनाउने गरी पार्टी एकता, जनताको अभिमत, वर्तमान आवश्यकलाई ख्याल गरेर अगाडि बढ्नु पर्ने विषयमा नै छलफल केन्द्रीत रहेको थियो । पार्टीको आन्तरिक छलफल तथा बहसलाई पनि सही तरिकाले व्यवस्थापन गर्दै अगाडि बढ्नपर्ने विषयमा समेत महत्वपूर्ण छलफल भएको ऊर्जामन्त्री वर्षमान पुनमगरले अनलाईनसंग बताउनुभयो ।
दुवै जनता नेताहरुले रोल्पा जिल्लाको समग्रह विकास योजनालाई सार्थकता दिने, आम रोल्पा र रोल्पालीलाई सरकार र पार्टीबाट पहल गरी समृद्ध बनाउने विषयमा पनि घनिभूत छलफल भएको नेता कृष्णबहादुर महराले बताउनुभयो । रोल्पा जिल्लामा रहेका अगुवा कार्यकर्ताहरुलाई पनि सामूहिक रुपमै भेट गर्नुभएको छ । भेटमा आन्तरिक छलफलमा कुनै पनि हालतमा तरंगीत नहुन र रोल्पालाई विगतको झै एकताबद्ध गर्नकालागि दुवै नेताले अपिल गर्नुभएको छ । नेताहरुको यो भेटलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।

You may also like