समाज संरक्षण र समृद्धिका लागि हात्ती महोत्सव

काठमाडौँ : ‘समाज संरक्षण र समृद्धिका लागि चितवन हात्ती महोत्सव हुने भएको छ । आगामी पुस ११ देखि १५ गतेसम्म चिनतवनको सौराहामा हुने १२ औं हात्ती महोत्सवमा हात्तीसँग सम्बन्धित रोचक गतिविधि, खेल र सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

स्थापनाकालदेखि एकातर्फी रुपमा गरिँदै आएको हात्ती दौड प्रतियोगितालाई परिमार्जन गरी हात्तीको छिटो दौड (इलाफेन्ट फास्ट वाक) क रुपमा विकसित गरिएको महोत्सव आयोजक समिति संयोजक सुमन घिमिरेले जानकारी दिए ।

परिवर्तित कार्यक्रमअनुसार हात्तीका छावाका रोमाञ्चकारी फुटबल खेल, डुङ्गा, टाँगा र गाडाका गतिविधि पनि गरिने घिमिरेले बताए । आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्दै लोप हुँदै गएका हात्ती संरक्षण तथा यसको महत्वबारे जानकारी दिने, वन्यजन्तु संरक्षण कार्यमा एकजुट हुन आग्रह गर्ने र समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिन लागेको महोत्सवमा हात्ती पिकनिक, हात्तीको शृङ्गार प्रतियोगिता र हात्तीको दिनचार्याबारे जानकारी दिइने भएको छ ।

गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण पर्यटक आगमनमा कमी देखिए पनि महोत्सवलाई निरन्तरता दिन लागिएको आयोजकले जनाएका छन् ।

रासस

You may also like