श्रीलंकासँग नेपाल पराजित, ११ खेलमा गोलरहित

काठमाडौँ ८ पुस । साफ च्याम्पियन्ससिप अन्तरगत आज भएको श्रीलंकाविरूद्धको खेलमा नेपाल पराजित भएको छ । इन्जुरी समयमा श्रीलंकाले गोल गर्दै खेलमा जित हासिल गरेको हो ।

खेलमा थपिएको ५ मिनेटको समयमा काउन्टर अट्याक गर्ने क्रममा श्रीलंकाका मोहम्मद रिफ्नासले गोल गरेका हुन् ।

खेल अवधीभर खेललाई आफ्नो नियन्त्रणमा राख्न सफल भएको नेपालले अन्तिम समयमा भने खराब प्रदर्शन गर्न पुग्यो । काउण्टर अट्याकका क्रममा भएको सानो गल्तिका कारण नेपालले खेल गुमाउनु परेको हो ।

पराजयसँगै नेपालले आफूले खेलेका ११ वटा खेलमा गोल गर्न असफल रहेको छ । नेपालले लगातार ११ खेलमा गोल गर्न सकेको छैन् ।

नेपालले आगामी खेल भारतविरूद्ध खेल्नेछ । सेमिफाइनल प्रवेशका लागि आगामी डिसेम्वर २७ मा हुने भारतविरूद्धको खेलमा भारतलाई पराजित गर्नै पर्ने हुन्छ ।

You may also like