‘हिंसात्मक आन्दोलनमा युवाहरु कसरी रोक्न सकिन्छ’ विषयमा अन्तरक्रिया
माघ २९ गते
लिबाङ–रोल्पा
पछिल्लो समयमा प्रतिनिधिसभा विघटनको पक्ष वा विपक्षयमा आन्दोनलका गतिविधिहरु भइरहेको समयमा ‘आन्दोलन तथा हिंसात्मक आन्दोलनमा युवाहरु कसरी रोक्न सकिन्छ’ विषयक अन्तरक्रिय कार्यक्रम लिबाङमा आज सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न राजनीतिक दलहरुको विरोध तथा समर्थनको पक्षयमा आन्दोलनमा युवाहरुको प्रयोग भएको भन्दै युवा सम्वाद समूह रोल्पाको आयोजनामा युवाहरुलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया सम्पन्न भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बुढामगर, उपाध्यक्ष देवी गुरुङ, नेपाल तरुण दल रोल्पा जिल्लाको सचिव लिलाधर आचार्य, ग्ल्ँएब् प्रतिनिधि खगेन्द्र भट्ट लगायतका सहभागिहरुले धारणा व्यक्त गर्नुभएको थियो । सहभागीहरुले शान्ति स्थापनाका लागि सम्वाद समूहले सक्रिय भूमिका निर्वाह गर्दै आएको भन्दै प्रशंसा व्यक्त गर्नुभएको थिया । उहाँहरुले पछिल्लो समयमा प्रतिनिधिसभा विघटनपछि समर्थन वा विरोधका कार्यक्रममा युवाहरु धेरै प्रयोग भएकोले आगामी आन्दोलनमा युवाको सहभागी बनाउनका लागि सबै राजनीतिक दलहरुको नेतृत्वबाट संयुक्त प्रतिवद्व पत्रमा हस्ताक्षर गराउनुपर्ने आवश्यकता औल्याउनुभएको थियो । हिंसात्मक गतिविधिबाट नै लाभको पद प्राप्त गर्न सकिन्छ भन्ने गलत भ्रमको कारण धेरै युवाहरु आन्दोलनमा सहभागी भएकोले आगामी दिनमा युवाहरुमा फैलिएको गलत भ्रण हताउनको निम्ति सम्वाद समूह सक्रिय बन्नुपर्ने वक्ताहरुको धारणा थियो । विद्यार्थी जीवनबाट नै शान्तिपूर्ण राजनीतिक भावनाको विकासका लागि आगामी दिनमा सम्वादन समूहहरुको सक्रियतामा विभिन्न सरोकारवाला निकायहरुको समन्वयमा अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । सम्वाद समूहले रोल्पा नगरपालिका, सुनिलस्मृति गाउँपालिका र त्रिवेणी गाउँपालिकामा युवासँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नेपाल पीस ब्युल्डिङ इनिसेटिभ निर्देशक सुविन्द्र बोगटी, राजेन्द्र सेञ्चुरी, युवा सम्वाद समूह रोल्पाको संयोजक त्रिपनी घर्तीमगर, माधव कुमार वलीले सहजिकरण गर्नुभएको थियो ।