जुनिस कुमार बिष्ट ।रोल्पा,सुनछहरी।रोल्पाको सुनछहरी गाउँपालिका ५ थनबाङमा बिष्टहरुको महान पर्व देवाली मेला आज औसी तिथिको दिन देखि सुरु भएको छ।
आज औशीको दिन साझ जागन नामक पुजापाठ गरेर सुरु गरिने मेला पन्चमी साझ भव्य मेलामा पुजापाठ गरि बोका बली चढाए पछि मेला सम्पन्न हुन्छ ।
औसी देखि पन्चमीको दिन मेला सम्पन्न नहुदा सम्म नुनजन्य कुनै पनि खानेकुरा घरभित्र पकाउने र खाने गरिदैन्न भने पुजारीहरुले मेला अवधीभर नुनका खाने कुराहरु नखाने गरिएको पुजारीहरुले बताउछन् ।
मेलासुरु हुनु पहिले गाउँघर सफासुघर गर्नु साथै गाउँका घरहरु लिपपोत गरि रङरोगण गरिन्छ।
गाउँघर वरिपरि सरसफाइ गर्नुको साथै गाउँका मुख्य बाटोघाटोहरुमा अस्थायी गेटहरु निर्माण गरिएको हुन्छ।
वि.सं.२०१८ सालमा स्थापना गरिएको बिष्ट कुलदेव मन्दिरमा पुजापाठ ज्योतिष शास्त्र अनुसार मलमास हुँदा मेला लाग्दैन्न भने मलमास नहुदा मेला लाग्ने गर्दछ।
