पहिलो मतदान गर्दै उम्मेदवार कुश्मा महरा

जुनिस कुमार बिष्ट ।पोबाङ,रोल्पा।नेकपा माओवादी केन्द्र तर्फका लुम्बिनी प्रदेश सभाका समानुपातिक सदस्यका उम्मेदवार कुश्मा महरा (प्रगति) ले सबैभन्दा पहिले मतदान गर्नुभएको छ। उहाँले सुनछहरी गाउँपालिका वडा नं. ५ जैमाकसलाको वडा कार्यालयमा रहेको क मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।
सम्पुर्ण मतदाताहरुलाई स्वतस्फूर्त तरिकाले मतदानमा भागलिन नेता महराले आग्रह गर्नुभएको छ ।
जैमाकसलामा क मतदान केन्द्र जैमामा रहेको छ भने ख मतदान केन्द्र पोबाङमा रहेको छ।अहिले दुबै मतदान केन्द्रमा मतदाताहरुले उत्साहितका साथ मतदान गरिरहेको बताईएको छ।

You may also like